सुर्योदय युवा क्लब को २८ औं बार्सिकोत्सब का कार्यक्रम मङ्सिर २२ बाट सुरु हुने

रामकृष्ण कंडेल,वामिटक्सार✍️- सुर्योदय युवा क्लब वामिमैदान गुल्मी को बार्सिकोत्सब का कार्यक्रम मङ्सिर २२ बाट सुरु हुने बताइएको छ।

वामिमैदान मा सम्पन्न क्लबको बैठक ले २८ औ बार्सिकोत्सब कार्यक्रम मङ्सिर २२ बाट सुरु गरि २५ गते समापन गर्ने निर्णय गरेको हो।२८ औ बार्सिकोत्सब मा खुला भलिबल प्रतियोगिता,चर्चित रास्ट्रिय तथा स्थानिय कलाकारहरु को प्रस्तुती,सहयोगगदाता सम्मान लगाएतका कार्यक्रमहरु आयोजना गरिन लागेको क्लब का अध्यक्ष सन्दिप खत्री ले

बताउनु भयो।क्लब अध्यक्ष खत्री का अनुसार क्लब ले आफ्नो तर्फ देखि ऐले सम्म कै सबैभन्दा ठूलो धनराशी पुरस्कार रहेको खुला भलिबल प्रतियोगिता आयोजना गरिएकोले सहभागीता को लागि सबै खेलाडीहरु संग आग्रह गर्नु भएको छ।

भलिबल प्रतियोगिता को प्रथम पुरस्कार ३५ हजार ५ सय ३५,कप,मेडल र प्रमाण पत्र,द्वितीय पुरस्कार १७ हजार ७ सय १७ कप,मेडल र प्रमाण पत्र ,तृतिय पुरस्कार ८ हजार ८ सय ८८ कप,मेडल र प्रमाण पत्र रहेको क्लब अध्यक्ष खत्री ले बताउनु भयो।खत्री

का अनुसार भलिबल खेल मा बिधागत रुपमा खेलाडी हरु लाई पुरस्कार को ब्यबस्था गरिएको छ।कार्यक्रम लाई सभ्य तथा भब्य रुपमा सम्पन्न गर्नका लागि विभिन्न उपसमिति हरु समेत निर्माण गरिएको छ।क्लब अध्यक्ष खत्री का अनुसार रामकृष्ण कंडेल संयोजक तथा उज्ज्वल खत्री र हुकुम थापा सह संयोजक रहनेगरी प्रचार प्रसार ऊपसमिति,भलिबल

खेल सन्चालन को लागि संयोजक संजय बि क सह संयोजक किरण बि क,सास्कृतिक बिभाग संयोजक मा कमल बराल,सह संयोजक रितिक परियार लाई चयन गरिएको छ।यसैगरी स्वयंसेवक बिभाग उपसमिती को संयोजक मा कमल बि क,सह संयोजक बिकास बि क लाई जिम्मेवारी तोकिएको छ।

बैठक मा क्लबका सस्थापक अध्यक्ष तथा वडा न ८ का वडाअध्यक्ष नारायण सापकोटा प्रमुख अतिथी को रुपमा उपस्थिथ हुनुहुन्थ्यो।क्लब को कार्यक्रम सफल बनाउन को लागि आफुले जस्तो सुकै सहयोग गर्न तयार रहेको बताउदै आफू हरु ले यस बार्सिकोत्सब कार्यक्रम को लागि वडा को तर्फ देखि रु २ लाख बिनियोजन गरेको जानकारी समेत दिनु भयो

।प्रमुख अतिथी सापकोटा ले यो बार्सिकोत्सब कार्यक्रम यस भेगकै नमुना कार्यक्रम बनाउन सबै सदस्यहरु संगआग्रह गर्नु भयो।

बैठकमा सहभागी क्लब का सदस्य हरु ले सबै एकजुट भै कार्यक्रम सम्पन्न गर्ने प्रतिबद्धता जनाउनु भएको थियो।बैठक क्लब का अध्यक्ष सन्दिप खत्री को अध्यक्षता मा सम्पन्न भएको थियो।

स्थापना समय देखिनै यस भेग मै चर्चाको शिखर मा रहेको यस क्लब निरन्तर रुपमै आफ्ना गतिविधि हरु सन्चालन गर्दै आएको छ।यस बार्सिकोत्सब कार्यक्रम लाई सफल बनाउनको लागि देस बिदेस मा रहनु भएका कलब को स्थापना समय देखि हाल सम्म विभिन्न पदमा रही सहयोग गर्दै आउनु भएका पदाधिकारी हरु ,सम्पूर्ण दाजु भाइ,दिदी बहिनी हरु संग बिगत मा जस्तै आर्थिक भौतिक नैतिक सहयोग को आशा राखिएको क्लब का अध्यक्ष खत्री ले बताउनु भयो।

सहयोग गर्न इच्छुक महानुभाब हरु ले यथासक्य छिटो क्लब का अध्यक्ष लाई ९७४२९-०४४९३ मा फोन सम्पर्क गरेर वा यस यम यस,म्यासेन्जर वा आफू अनुकुल को माध्यम प्रयोग गरेर आफ्नो नाम र सहयोग रकम राशी टिपाउन सकिने छ।सहयोग दाता हरु लाई कार्यक्रम को समय मा बिशेस सम्मान समेत गरिने अध्यक्ष खत्री ले बताउनु भयो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय