नेपाल बैकं लिमिटेड वामी शाखाद्वारा  ८५औँ वार्षिकोत्सवको अवसरमा  विद्यालयस्तरीय हाजिरीजवाफ कार्यक्रम सम्पन्न

नेपाल बैकं लिमिटेड वामी शाखा गुल्मीले बैकं स्थापनाको ८५ औँ स्थापना दिवसको अवसरमा मंगलबार विद्यालयस्तरीय हाजिरीजवाफ कार्यक्रम सम्पन्न गरेको छ ।

मुसिकोट आसपासका ५ वटा विद्यालय सहभागी भएकोमा गोल्डेन फ्युचर एकेडेमी मुसिकोट ७ वामीकी कक्षा ८ मा अध्ययनरत सन्ध्या सापकोटा प्रथम, मालिका इंगलिस बोर्डिंग स्कुलकि कक्षा १० मा अध्ययनरत सुकृती ज्ञवाली द्वितीय,

महेन्द्र आदर्श नमुना मा बिका कक्षा १० मा अध्ययनरत मनिष खत्री तृतीय, शारदा विद्या मन्दिर मा बिका कक्षा ९ मा अध्ययनरत दिपक

सुनार चौथो र त्रिभुवन नमुना मा बि खार्बांगकि कक्षा १० मा अध्ययनरत झरना के सि पाचौ भएको नेपाल बैंक लिमिटेड वामी शाखाका प्रमुख राजु अर्यालले जानकारी दिनुभयो

कार्यक्रम बैंकका वामी शाखाका प्रबन्धक राजु अर्यालको सभापतित्वमा सम्पन्न भएको थियो ,मेयर सोमनाथ सापकोटा प्रमुख अतिथीको रुपमा बोल्दै बैंकले वामीमा शाखा स्थापना भएको छोटो समयमै लोकप्रिय बनेको भन्दै अझ अगाडी बढ्नको लागि शुभकामना दिनुभएको थियो ,कार्यक्रमको संचालन शाखाकी सहायक शाखा प्रबन्धक पुजा भट्टले गर्नुभएको थियो

सोहि अवसरमा नेपाल बैकं लिमिटेड वामी शाखा गुल्मीले बैकं स्थापनाको ८५ औँ स्थापना दिवसको पूर्व सन्ध्यामा कार्यालयमा दिप प्रज्वलन गरेको थियो । .

बैकंले मुसिकोट नगरपालिका वडा नं ७ निवासी ९५ वर्षीय बयोवृद्ध लालचन श्रेष्ठ र ६५ वर्षीय केशव कुमारी सापकोटाबाट दिप प्रज्वलन गरेको थियो] .

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय