राजस्व छली गर्ने १२ जना विरुद्ध साढे पाँच करोडको मुद्दा

काठमाडौं–राजस्व अनुसन्धान विभागले राजस्व छली गर्ने १२ जना विरुद्ध मुद्दा दायर गरेको छ । ५ करोड ५६ लाख ४३ हजार ९८ रुपैयाँ राजस्व छल्ने १२ जनाविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ ।

विभागले उक्त रकम विगो असुल गरी जरिवाना र कैद सजाय मागदावी लिइ रुपन्देही जिल्ला सिद्धार्थनगर नगरपालिका–१३ स्थित कृष्टल बोटलर्स प्रालिका सञ्चालक फुलसिंह क्षेत्री सहित १२ जनालाई मुद्दा दायर गरेको हो।

विभागले क्षेत्रीका साथै माउन्ट एभरेष्ट डिष्टिलरी प्रालिका संचालक मृगेन्द्र गोविन्द श्रेष्ठ, तथा जिल्ला रुपन्देही सिद्धार्थनगर नगरपालिका–३ दरखसवाका मोहमद साहिद अन्सारी,

सिद्दार्थनगर न।पा–१३ कृष्टल बोटलर्स प्रालिका सन्चालक प्रदिप क्षेत्री, बुटवल उपमहानगरपालिका–६ ट्राफिकचोक मैत्रिपथ स्थित श्रेष्ठ माउन्ट एभरेष्ट डिष्टिलरी प्रालिका सन्चालक मृगेन्द्र गोविन्द, बुटवल उपमहानगरपालिका–४ ट्राफिकचोक स्थित माउन्ट एभरेष्ट डिष्टिलरीका सन्चालक प्रतिभा श्रेष्ठ, बुटवल उपमहानगरपालिका–६ ट्राफिकचोक मैत्रिपथ माउन्ट एभरेष्ट डिष्टिलरी प्रा।लिका मुख्य कारोबारकर्ता प्रविन्द्र गोविन्द श्रेष्ठ सिद्धार्थनगर नगरपालिका–३ का

अमानत अली, रुपन्देही बुटवल उपमहानगरपालिका–द्द स्थायी ठेगाना भएका राजा कशौधन भनिने विनय कशौधनलाई पक्राउ गरेर मुद्दा दायर गरेको हो ।

यस्तै सर्लाही लालबन्दी नगरपालिका–१७ रानिगञ्जका हरिप्रसाद पौडेल, नुवाकोट तादी गाउँपालिका–३ प्रभु डाँडा हाल जिल्ला रुपन्देही तिलोत्तमा नगरपालिका–१ शान्तिनग

र बस्ने कुलबहादुर पण्डित, जिल्ला रुपन्देही तिलोत्तमा नगरपालिका–१६ स्थित कृष्टल बोटलर्स प्रालि र रुपन्देही तिलोत्तमा नगरपालिका–१४ स्थित माउन्ट एभरेष्ट डिष्टिलरी प्रा।लि विरुद्ध मुद्दा दायर गरेको हो । उ

नीहरुले भन्सार चोरी पैठारी गरी ल्याएको नक्कली अन्तःशुल्क स्टिकर मदिरामा प्रयोग गरेको पाइएको छ ।

उनीहरुले सक्कली अन्तशुल्क टिकटको सिरियल नम्बरसँग मिल्ने नम्बरका नक्कली अन्तशुल्क टिकटहरु बरामद भएको तथा भन्सार कार्यालयबाट जाँचपास भएको भन्दा वढी परिमारणमा मालवस्तु भेटिएको छ । – आर्थिक संदेश

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय