युरोप र एसियामा बर्ड फ्लू फैलिँदै, दक्षिण कोरियामा झण्डै ८ लाख कुखुरा मारियो

काठमाडौं । युरोप र एसियामा गम्भीर प्रकृतिको बर्ड फ्लू देखा पारेको छ । प्राणी स्वास्थ्यसम्बन्धी विश्व संगठन (ओआईई) समक्ष पेश गरिएको पछिल्लो रिपोर्टमा युरोप र एसियामा बर्ड फ्लू फैलिन थालेको उल्लेख छ ।

सोमबार दक्षिण कोरियाको चुङचेओङबुक डुस्थित एक कुखुरा फार्ममा बर्ड फ्लू देखा परेको छ । बर्ड फ्लू देखा परेपछि उक्त फार्ममा रहेका ७ लाख ७० हजार कुखुरा मारिएको समाचारमा बताइएको छ । त्यस्तै, उत्तरपूर्वी जापानको एक फार्ममा समेत यस वर्षको हिउँदमा पहिलो पटक एच५एनड नामक बर्ड फ्लूको उप-प्रजाति देखा परेको छ ।

युरोपका कतिपय मुलुकमा समेत बर्ड फ्लू देखा पर्न थालेको छ । नर्बेको रोगाल्याण्ड क्षेत्रमा ७ हजार चराचुरुङ्गीमा एच५एन१ बर्ड फ्लू देखा परेको ओआईईले जनाएको छ ।

विशेषगरी शरद ऋतुमा बसाइँसराइँ गरेर आउने चराबाट बर्ड फ्लू सर्ने गरेको पाइन्छ । एन्टवर्प क्षेत्रमा एक जंगली हाँसमा निकै संक्रामक बर्ड फ्लू देखा परेपछि बेलिजय सरकार सतर्क बनेको र कुखुरालाई भित्रै राख्न आदेश दिएको छ ।

यसअघि अक्टोबर महिनामा फ्रान्स र नेदरल्याण्डका कुखुरा फार्ममा समेत सतर्कता अपनाइएको थियो ।

ओआईईसमक्ष पेश गरिएको पछिल्लो प्रतिवेदनबाट बर्ड फ्लू भाइरस तीव्र रुपले पुन: फैलिन थालेको प्रस्ट हुन्छ । यसअघि देखा परेको बर्ड फ्लूका कारण कुकुरा र हाससहित करौडौं चराचुरुङ्गीलाई मारिएको थियो ।

पछिल्लो पटक पुन: बर्ड फ्लू देखा पर्न थालेपछि सरकार र कुखुरा व्यवसायीहरु सतर्क बन्न थालेका छन् ।

बर्ड फ्लू मानिसमा समेत सर्न सक्ने हुँदा यसले रोग विशेषज्ञहरूको तानेको छ । यस वर्ष मात्रै चीनमा बर्ड फ्लूको उप-प्रजाति एच५एन६बाट २१ मानिस संक्रमित भइसकेका छन् । तर कुखुराबाट उत्पादित वस्तु सेवन गर्दा मानिसमा बर्ड फ्लू सर्दैन ।- अनलाईखबरबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय