काठमाडौं– बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य पुँजी अभाव छ । यसले बैंकहरु निक्षेपको ब्याज बढाउने दबाबमा परेका छन् ।
तरलता अभाव भए पछि बैंकहरुले व्याजदर बढाएका छन् । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको ब्याजदर वृद्धि सम्बन्धि नयाँ निर्देशिका जारी गरे पछि बैंकहरुले व्याज बढाउन थालेका हुन् ।

कात्तिक महिनामा अधिकांश वाणिज्य बैंकहरुको मुद्दती निक्षेपमा ९.३६ प्रतिशत र कुनै कुनै बैंकहरुको निक्षेपमा ८ प्रतिशतसम्म रहेको थियो ।
केन्द्रिय बैंकले अघिल्लो महिना सोही वर्गका सबै संस्थाहरुले प्रकाशित गरेको अधिकतम ब्याजदरको औषत र न्यूनतम ब्याजदरको औषतमा १० प्रतिशतले मात्र ब्याजदर वृद्धि गर्न निर्देशन दिएको थियो ।
वाणिज्य बैंकहरुले मंसिर महिनाको लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । मंसिर महिनाका लागि बैंकहरुले ब्याजदर बढाएका छन् ।अधिकांश बैंकहरुको अधिकतम ब्याजदर अधिकतम विन्दु अर्थात १०.०५ प्रतिशत रहेको छ ।
जसको औषत निकाल्दा अघिल्लो महिनाको अधिकतम भन्दा पनिकम ब्याजदर भएको थियो । अघिल्लो महिना बैंकहरुले प्रकाशित गरको मुद्दति निक्षेपको अधिकतम ब्याजदरको औषत ९.१३ प्रतिशत रहेको छ । यसको १० प्रतिशत ब्याजदर बढाउँदा १०.०५ प्रतिशत हुन्छ ।
बैंकहरुमध्ये स्ट्याण्डर्ड चार्टर्ड बैंकको बाहेक सबैको अधिकतम ब्याजदर १०.०५ प्रतिशत रहेको छ ।
चालु आर्थिक वर्षको पहिलो त्रैमासमा झण्डै ६४ अर्ब रुपैयाँ निक्षेप संकलन गरेर २ खर्ब ७८ अर्ब रुपैयाँ कर्जा विस्तार गरेका बैंकहरू कर्जा–निक्षेप अनुपात कायम गर्न कठिन भएको बताएका छन् ।
कर्जा–निक्षेप अनुपात कायम गर्न समेत कठिन भएपछि बैंकहरूले निक्षेप आकर्षण गर्न र बैंकहरूबीच निक्षेप खोसाखोस छ । मंसीर १ देखि लागू हुने ब्याज बैंकहरूले मसान्तमा प्रकाशन गर्नुपर्ने भएकाले व्याजदर बढाएका हुन् ।- आर्थिक संदेश