दर्शनार्थी बोकेको बोलेरो दुर्घटना : तीन जनाको मृत्यु, १४ घाइते

ओखलढुंगा । चम्पादेवी ककनी मन्दिर दर्शन गर्न हिँडेको बोलेरो जीप सोमबार दुर्घटना हुँदा तीन जनको मत्यु भएको छ । १४ जना घाइते भएका छन् ।

सुनकोशी गाउँपालिका-८ च्यानम हुँदै ककनीतर्फ जाँदै गरेको प्रदेश३-०१-०२२ च ९६९४ नम्बरको जीप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । मन्दिरतर्फ जाने क्रममा गाडी सुनकोशी गाउँपालिका(९ को जौबारी नजिकैको कुसाङमाभ सडकबाट करीब ६ सय मिटर तल खसेको थियो ।

दुर्घटनामा परी घाइते भएकाको उद्धार गरी उपचारका लागि सामुदायिक अस्पताल सोब्रु पठाइएको वडा अध्यक्ष झनक कार्कीले जानकारी दिए । गम्भीर घाइतेलाई काठमाडौं लैजान हेलिकोप्टर झिकाइएको प्रहरीले जनाएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।

यो पनि पढ्नुहोस् – सलिम मियाँ,प्युठान: प्युठानमा सोमबार विहान जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

मल्लरानी गाउँपालिकको मुनडाँडाबाट बाग्दुला जाँदै गरेको रा १ ज १९९२ नम्बरको जीप मल्लरानी –३ बुकेनी भीरबाट खसेर दुर्घटना हुँदा सवारी चालक स्थानीय २९ वर्षीय गोरख पुनको घटनास्थलमै मृत्यु भएको हो ।अनियन्त्रित भई जीप दुर्घटनामा परेको बताइएको छ।

दुर्घटनामा गम्भीर घाइते प्युठान नगरपालिका–४ खड्गडेराका १७ वर्षीय विवेक नेपालीलाई उपचारका लागि खलंगा स्वास्थ्यचौकीमा लगिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय