सलिम मियाँ,प्युठान: प्युठानमा सोमबार विहान जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

मल्लरानी गाउँपालिकको मुनडाँडाबाट बाग्दुला जाँदै गरेको रा १ ज १९९२ नम्बरको जीप मल्लरानी –३ बुकेनी भीरबाट खसेर दुर्घटना हुँदा सवारी चालक स्थानीय २९ वर्षीय गोरख पुनको घटनास्थलमै मृत्यु भएको हो ।

अनियन्त्रित भई जीप दुर्घटनामा परेको बताइएको छ।

दुर्घटनामा गम्भीर घाइते प्युठान नगरपालिका–४ खड्गडेराका १७ वर्षीय विवेक नेपालीलाई उपचारका लागि खलंगा स्वास्थ्यचौकीमा लगिएको प्रहरीले जनाएको छ ।

सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here