जीप दुर्घटना हुँदा चारजनाको मृत्यु

बुटवल। रोल्पामा जीप दुर्घटना हुंदा चार जनाको मृत्यु भएको छ । रोल्पाको माडी गाउँपालिका–६ हान्निङबाट घर्ती गाउँतर्फ जाँदै गरेको रा १ ज ३८२ नम्बरको यात्रुबाहक जीप दुर्घटना हुँदा दुईजना पुरुष र दुईजना महिलाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा माडी– ६ कोर्चाबाङ मिसिडाँडाका ५१ वर्षीय टेकबहादुर पुनमगर, कोर्चाबाङकै ४७ वर्षीय चालक रुद्रबहादुर घर्तीमगर, कोर्चाबाङ रीचा निवासी ४७ वर्षीय चौसरा बिश्वकर्मा र कोर्चाबाङकै १८ बर्षीया लिला पुनमगर रहेका छन् ।दुर्घटनामा विना घर्तीमगर र पञ्चना बिश्वकर्मा गम्भीर घाइते भएका रोल्पा प्रहरी प्रमुख नरेशराज सुवेदीले बताए ।

गृह जिल्लामा भएको दुर्घटनाप्रति लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले दुख व्यक्त गरेका छन् ।मुख्यमन्त्रीको निजी सचिवालयले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै मृतकप्रति श्रद्धाञ्जली र घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

यो पनि पढ्नुहोस्-विष्णुप्रसाद आचार्य चकित मुसिकोट । गुल्मीगुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर ७ वामी झेदिमा विद्यार्थी छोडेर फर्कदै गरेको लु २ ख ५२९६ नम्बरको गाडी दुर्घटना भएको छ ।

मालिका इङ्ग्लिस बोर्डिङ्ग स्कुलका विद्यार्थीहरुलाइ वामी सेरासम्म छोडेर फर्कने क्रममा करिब ४:४५ बजेतिर दुर्घटना भएको वामीका ट्राफिक प्रहरी सुनिल थापाले जानकारी दिनुभयो ।गाडी सडकबाट करिब २० देखि २५ मिटरको दुरिमा खसेको छ ।

उक्त गाडिमा अन्य यात्रु कोहि नभएको र चालक खुम बहादुर राना घाइते भएको र उनको स्थानिय मेडिकलमा उपचारको लागि पठाइको विद्यालयका पृन्सिपल पुस्तकलाल श्रेष्ठले बताउनुभयो ।

बिपरित दिशातिरबाट आएको मोटरसाइकललाई बचाउने क्रममा एक्कासी ब्रेक लगाउदा सडकको ढुङ्गामा घर्सिएर दुर्घटना भएको चालक खुम बहादुर रानाले बताएका छन । सडक देखि तल खसेको गाडिलाइ निकाल्ने प्रयास भैरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय