गुल्मीको मुसिकोटमा विद्यार्थी छोडेर आउदै गरेको गाडि दुर्घटना,चालक घाइते

विष्णुप्रसाद आचार्य चकित मुसिकोट । गुल्मीगुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर ७ वामी झेदिमा विद्यार्थी छोडेर फर्कदै गरेको लु २ ख ५२९६ नम्बरको गाडी दुर्घटना भएको छ ।

मालिका इङ्ग्लिस बोर्डिङ्ग स्कुलका विद्यार्थीहरुलाइ वामी सेरासम्म छोडेर फर्कने क्रममा करिब ४:४५ बजेतिर दुर्घटना भएको वामीका ट्राफिक प्रहरी सुनिल थापाले जानकारी दिनुभयो ।गाडी सडकबाट करिब २० देखि २५ मिटरको दुरिमा खसेको छ ।

 उक्त गाडिमा अन्य यात्रु कोहि नभएको र चालक खुम बहादुर राना घाइते भएको र उनको स्थानिय मेडिकलमा उपचारको लागि पठाइको विद्यालयका पृन्सिपल पुस्तकलाल श्रेष्ठले बताउनुभयो ।

बिपरित दिशातिरबाट आएको मोटरसाइकललाई बचाउने क्रममा एक्कासी ब्रेक लगाउदा सडकको ढुङ्गामा घर्सिएर दुर्घटना भएको चालक खुम बहादुर रानाले बताएका छन ।

सडक देखि तल खसेको गाडिलाइ निकाल्ने प्रयास भैरहेको छ ।

यो पनि पढ्नुहोस् -काठमाडौं । ललितपुरको महालक्ष्मी नगरपालिका-१ इमाडोलमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

शनिबार राति करिब १ बजेतिर बागमती प्रदेश ०२-०२६ प ८१५५ नम्बरको स्कुटर दुर्घटना हुँदा ललितपुरको लामाटार बस्ने ३७ वर्षीय विनोद बुढाथोकीको मृत्यु भएको ललितपुर प्रहरीले जनाएको छ ।

दुर्घटनाग्रस्त स्कुटर नजिकै घाइते अवस्थामा फेला परेका बुढाथोकीलाई उपचार गर्न ग्वार्कोस्थित बी एण्ड बी अस्पताल लगिएको थियो ।

अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । स्कुटर आफैं अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय