स्कुटर दुर्घटना हुँदा एक युवकको मृत्यु

काठमाडौं । ललितपुरको महालक्ष्मी नगरपालिका-१ इमाडोलमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

शनिबार राति करिब १ बजेतिर बागमती प्रदेश ०२-०२६ प ८१५५ नम्बरको स्कुटर दुर्घटना हुँदा ललितपुरको लामाटार बस्ने ३७ वर्षीय विनोद बुढाथोकीको मृत्यु भएको ललितपुर प्रहरीले जनाएको छ ।

दुर्घटनाग्रस्त स्कुटर नजिकै घाइते अवस्थामा फेला परेका बुढाथोकीलाई उपचार गर्न ग्वार्कोस्थित बी एण्ड बी अस्पताल लगिएको थियो ।

अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । स्कुटर आफैं अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ।

यो पनि पढ्नुहोस् -ढुङ्गा’ निर्जीव वस्तु हो तर संसारमा एउटा यस्तो रहस्यमय ‘ढुङ्गा’ छ, जसलाई चोट लाग्दा रगत निस्किन्छ ।

यो रहस्यमय ढुङ्गाको टुक्रालाई यदि भुईँमा खसालियो भने दुई टुक्रा हुन्छ र त्यसबाट रगत निस्किन थाल्दछ । ‘ढुङ्गा’मा चोट लाग्दा रगत बग्ने मात्र होइन मासु जस्तो वस्तु पनि निस्किन्छ, जसलाई मानिसहरूले खान्छन् ।

पेरुको समुद्री किनारामा ठूलो मात्रामा यो ‘ढुङ्गा’ पाइन्छ । यी ढुङ्गाका टुक्रालाई झ्वाट्ट हेर्दा त सामान्य ढुङ्गाजस्तै देखिन्छन् तर यो निकै अनौठो तथा रगत निस्किने ढुङ्गा हो ।

यो ‘ढुङ्गा’को नाम मेम्पायुरा चिलियान्सिस हो । यो ढुङ्गा जब फुटाइन्छ तब यसबाट रगत जस्तो पदार्थ निस्किन थाल्दछ । त्यसैले यसलाई ‘रजश्वला ढुङ्गा’ अर्थात् ‘पिरियड रक’ पनि भनिन्छ । ‘ढुङ्गा’ हेर्दा निकै कडा देखिन्छ, तर यसको भित्री भाग निकै कोमल हुन्छ ।

वास्तवमा यो ढुङ्गाजस्तै देखिने समुद्री जीव हो । त्यसैले जीवित वस्तु भएकाले यसले स्वास फेर्ने र खाना खाने पनि गर्दछ । यतिमात्र होइन यसले आफ्नो यौनाङ्ग परिवर्तन गर्न र बच्चा पैदा गर्न पनि सक्दछ ।

यो पत्थररुपी जीवको मासुबाट विभिन्न खालका स्वादिष्ट परिकार तथा सलाद बनाइन्छ । स्थानीय मानिसहरू यो ढुंगालाई काँचै खान्छन् । यसको खोजीमा मानिसहरू समुद्रको गहिराइसम्म पुग्दछन् । यसको मासु निकै स्वादिष्ट हुने भएकाले माग उच्च रहेको छ ।- एजेन्सीको सहयोगमा

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय