कार दुर्घटना हुँदा ४ जनाको मृत्यु

काठमाडौं । रौतहटमा कार दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । जिल्लाको यमुनामाई गाउँपालिका-५ जुनखुनुवामा शनिबार राति करिब १० बजेतिर भारतीय नम्बरको कार दुर्घटना हुँदा चार जना पुरुषको मृत्यु भएको हो ।

शनिबार राति घटनास्थलमा खटिएका एसपी विनोद घिमिरेका अनुसार युके १२ सी २९०० नम्बरको कार सडक तलको खाल्डोको पानीमा डुबेको अवस्थामा थियो ।कारको सिसा फोडेर चार जना पुरुषलाई बाहिर निकालेर अस्पताल पुर्‍याइएको थियो ।

अस्पताल पुर्‍याएलगत्तै डाक्टरहरूले चारै जनाको मृत्यु भएको घोषणा गरेको एसपी घिमिरेले जानकारी दिए ।मृत्यु हुनेहरुको परिचय खुलेको छैन । गएराति नै भारतीय प्रहरीलाई घटनाबारे जानकारी गराइएको घिमिरेले बताए ।

यो पनि पढ्नुहोस् -ढुङ्गा’ निर्जीव वस्तु हो तर संसारमा एउटा यस्तो रहस्यमय ‘ढुङ्गा’ छ, जसलाई चोट लाग्दा रगत निस्किन्छ ।

यो रहस्यमय ढुङ्गाको टुक्रालाई यदि भुईँमा खसालियो भने दुई टुक्रा हुन्छ र त्यसबाट रगत निस्किन थाल्दछ । ‘ढुङ्गा’मा चोट लाग्दा रगत बग्ने मात्र होइन मासु जस्तो वस्तु पनि निस्किन्छ, जसलाई मानिसहरूले खान्छन् ।

पेरुको समुद्री किनारामा ठूलो मात्रामा यो ‘ढुङ्गा’ पाइन्छ । यी ढुङ्गाका टुक्रालाई झ्वाट्ट हेर्दा त सामान्य ढुङ्गाजस्तै देखिन्छन् तर यो निकै अनौठो तथा रगत निस्किने ढुङ्गा हो ।

यो ‘ढुङ्गा’को नाम मेम्पायुरा चिलियान्सिस हो । यो ढुङ्गा जब फुटाइन्छ तब यसबाट रगत जस्तो पदार्थ निस्किन थाल्दछ । त्यसैले यसलाई ‘रजश्वला ढुङ्गा’ अर्थात् ‘पिरियड रक’ पनि भनिन्छ । ‘ढुङ्गा’ हेर्दा निकै कडा देखिन्छ, तर यसको भित्री भाग निकै कोमल हुन्छ ।

वास्तवमा यो ढुङ्गाजस्तै देखिने समुद्री जीव हो । त्यसैले जीवित वस्तु भएकाले यसले स्वास फेर्ने र खाना खाने पनि गर्दछ । यतिमात्र होइन यसले आफ्नो यौनाङ्ग परिवर्तन गर्न र बच्चा पैदा गर्न पनि सक्दछ ।

यो पत्थररुपी जीवको मासुबाट विभिन्न खालका स्वादिष्ट परिकार तथा सलाद बनाइन्छ । स्थानीय मानिसहरू यो ढुंगालाई काँचै खान्छन् । यसको खोजीमा मानिसहरू समुद्रको गहिराइसम्म पुग्दछन् । यसको मासु निकै स्वादिष्ट हुने भएकाले माग उच्च रहेको छ ।- एजेन्सीको सहयोगमा

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय