चोरबाटो हुँदै सर्बोच्च छिरे प्रधानन्यायाधीश जबरा

काठमाडौं । अन्ततः प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा सर्बोच्च प्रवेश गरेका छन् ।

प्रधानन्यायाधीशको राजीनामा माग्दै सर्बोच्च प्रवेश निषेध गरेका कानुन व्यवसायीको आँखा छलेर जबरा सर्बोच्च प्रवेश गर्न सफल भएका छन् । उनि नियमीत प्रवेश गर्ने भन्दा फरक गेटबाट सर्बोच्च प्रवेश गरेका छन् ।मुलगेट अगाडी यतिबेला कानुनव्यवसायी धर्नामा बसेका छन् ।

नेपाल बार एशोसिएसनले अदालतको मुख्य गेट अगाडी विभिन्न नारा लेखिएको प्ले कार्डसहित धर्ना दिइरहेको छ ।बिहीबार अदालत परिसरमा प्रहरीले हस्तेक्षप गरेपछि बारले शुक्रबार सम्पूर्ण बेन्च बहिष्कार गर्दै प्रधानन्यायाधीशलाई अदालत प्रवेशमा रोक्ने कार्यक्रम तय गरेको थियो ।

तर जबरा भने सर्बोच्च प्रवेश गरेका छन् ।  यो पनि पढ्नुहोस् -इन्टरनेटमा तहल्का मच्चाएको एउटा भुस्याहा कुकुर झण्डै ३० लाख रुपैयाँमा बिक्री भएको छ ।

जापानी शिवा इनु नश्लको उक्त कुकुर एक लाख ६० हजार चिनियाँ युआन अर्थात् झण्डै ३० लाख रुपैयाँमा लिलाम बिक्री भएको हो ।

डेंग डेंग नामको उक्त कुकुर चीनको राजधानी बेइजिङमा बेवारिसे अवस्थामा फेला परेको थियो । उक्त ८ वर्षीय कुकुरको मालिक पत्ता नलागेपछि बेइजिङस्थित अदालतले कुकुरलाई लिलामीमा बिक्री गर्न आदेश दिएको थियो ।

त्यसपछि उक्त कुकुरलाई अनलाइनमार्फत् सुरुआती न्यूनतम ७८ अमेरिकी डलर बराबरको मूल्य कायम गरेर लिलामीमा राखियो । तर डेंग डेंग खरीद गर्न चाहनेहरू यतिधेरै भए कि लिलाम बढाबढमा उसको मूल्य ३२० गुणा धेरै पर्‍यो ।

२४ घण्टामा लिलामको प्रक्रिया सकिने अपेक्षा गरिएकोमा थप पाँच घण्टा लम्बिएको थियो । लाइभ स्ट्रिमिंगमार्फत् भएको उक्त कुकुरको लिलामीमा एक लाख ६६ हजार दर्शकले चासो देखाएकोमा ४८० जनाले बोली लगाएका थिए ।

पछिल्लो समय लोकप्रिय बनेको क्रिप्टोकरेन्सी शिवा इनुसको नामसँग मिल्ने नश्ल भएको यो कुकुर जापानी सिकारी कुकुरको नश्ल हो । क्रिप्टोकरेन्सीसँगै पछिल्लो समयमा शिवा इनुस जातको कुकुरको माग पनि बढिरहेको छ ।

झण्डै ३० लाख रुपैयाँमा कुकुर खरीद गर्ने व्यक्तिको पहिचान खुलाइएको छैन ।

कोरोना महामारीका बीच चीनमा अनलाइनमा लाइभस्ट्रिमिंगमा सामानहरू बिक्री गर्ने प्रचलन ह्वात्तै बढेको छ । गत महीना चीनका लिपस्टिक किंगको नामले चिनिने लाइभस्ट्रिमिंग स्टार ली जियाक्वीले इकमर्श प्लाटर्फम ताओबाओमा १२ घण्टामै एक अर्ब २० करोड पाउण्ड बराबरका सामान बिक्री गरेका थिए ।-बीबीसी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय