३० लाखमा बिक्यो भुस्याहा कुकुर

इन्टरनेटमा तहल्का मच्चाएको एउटा भुस्याहा कुकुर झण्डै ३० लाख रुपैयाँमा बिक्री भएको छ ।जापानी शिवा इनु नश्लको उक्त कुकुर एक लाख ६० हजार चिनियाँ युआन अर्थात् झण्डै ३० लाख रुपैयाँमा लिलाम बिक्री भएको हो ।

डेंग डेंग नामको उक्त कुकुर चीनको राजधानी बेइजिङमा बेवारिसे अवस्थामा फेला परेको थियो । उक्त ८ वर्षीय कुकुरको मालिक पत्ता नलागेपछि बेइजिङस्थित अदालतले कुकुरलाई लिलामीमा बिक्री गर्न आदेश दिएको थियो ।त्यसपछि उक्त कुकुरलाई अनलाइनमार्फत् सुरुआती न्यूनतम ७८ अमेरिकी डलर बराबरको मूल्य कायम गरेर लिलामीमा राखियो ।

तर डेंग डेंग खरीद गर्न चाहनेहरू यतिधेरै भए कि लिलाम बढाबढमा उसको मूल्य ३२० गुणा धेरै पर्‍यो  २४ घण्टामा लिलामको प्रक्रिया सकिने अपेक्षा गरिएकोमा थप पाँच घण्टा लम्बिएको थियो । लाइभ स्ट्रिमिंगमार्फत् भएको उक्त कुकुरको लिलामीमा एक लाख ६६ हजार दर्शकले चासो देखाएकोमा ४८० जनाले बोली लगाएका थिए ।

पछिल्लो समय लोकप्रिय बनेको क्रिप्टोकरेन्सी शिवा इनुसको नामसँग मिल्ने नश्ल भएको यो कुकुर जापानी सिकारी कुकुरको नश्ल हो । क्रिप्टोकरेन्सीसँगै पछिल्लो समयमा शिवा इनुस जातको कुकुरको माग पनि बढिरहेको छ ।

झण्डै ३० लाख रुपैयाँमा कुकुर खरीद गर्ने व्यक्तिको पहिचान खुलाइएको छैन ।

कोरोना महामारीका बीच चीनमा अनलाइनमा लाइभस्ट्रिमिंगमा सामानहरू बिक्री गर्ने प्रचलन ह्वात्तै बढेको छ । गत महीना चीनका लिपस्टिक किंगको नामले चिनिने लाइभस्ट्रिमिंग स्टार ली जियाक्वीले इकमर्श प्लाटर्फम ताओबाओमा १२ घण्टामै एक अर्ब २० करोड पाउण्ड बराबरका सामान बिक्री गरेका थिए ।-बीबीसी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय