चिनियाँहरू संसारभर नै आफ्नो विशेष खालको खानपानका लागि चिनिन्छन् ।

भनिन्छ चिनियाँहरू जुनसुकै चिजलाई पनि खाना बनाउन सक्दछन् । अहिले चीनमा एउटा यस्तो घटना सार्वजनिक भएको छ, जसले निकै चर्चा कमाइरहेको छ । चीनमा मानिसहरूले आफ्ना बालबालिकाहरूलाई कुखुराको रगतको सुई लगाइदिने गरेका छन् ।

बालबालिकामा स्वास्थ्य समस्या नआउन् भनेर कुखुराको रगतको इन्जेक्सन लगाउने गरिएको हो ।आफ्ना सन्तानलाई सुपर बच्चा बनाउने लहडमा अभिभावकहरूले यस्तो जोखिमपूर्ण तथा घातक काम गरिरहेका छन् ।

मिडिया रिपोर्ट अनुसार कुखुराको रगतको इन्जेक्सन लगाउनाले क्यान्सर, तालु खुइलिने, बाँझोपनलगायतका रोगहरू नलाग्ने दाबी गरिन्छ ।

कुखुराको रगतमा पाइने स्टेरोइडले बच्चालाई पढाइ र खेलकुदमा तेज बनाउने विश्वास पनि रहेको छ ।

चिकेन ब्लड थेरापीको यस्तो क्रेज चीनमा फैलिरहँदा अभिभावकहरू आफ्ना बच्चालाई रगतको इन्जेक्सन लगाउन तछाडमछाड गरिरहेका छन् । यसलाई चिकेन प्यारेन्टिंगको नाम दिइएको छ ।

चीनको बेइजिंग, ग्वान्झाउ तथा सांघाइजस्ता सहरका मध्यमवर्गीय परिवारका अभिभावकहरुमा चिकेन बेबीको यो ट्रेण्ड तीव्र रुपमा फैलिरहेको बताइएको छ ।

एक रिपोर्ट अनुसार चीनमा बालबालिकाको आँखा कमजोर हुने गरेको छ र माध्यमिक विद्यालयका करीब ७१ प्रतिशत र हाइस्कुलका ८१ प्रतिशत विद्यार्थीको दृष्टि कमजोर रहेको छ ।

अभिभावकहरुले आफ्ना बालबालिकालाई सबै कुरामा अब्बल बन्नका लागि दबाब दिने चलनले गर्दा किशोर किशोरीहरुमा डिप्रेसनको समस्या पनि बढ्न थालेको छ । एक रिपोर्ट अनुसार चीनमा २५ प्रतिशत चिनिया किशोर किशोरीहरु डिप्रेसनबाट पीडित छन् । एजेन्सीको सहयोगमा

सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here