पछिल्लो २४ घण्टाको कोरोना अपडेट

काठमाडौ‌–नेपालमा पछिल्लो २४ घण्टामा ३१७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ९ हजार ६०९ जनाको पीसीआर परीक्षणमा ३०१ र ३ हजार ४४ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १६ जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट २७९ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।

निको हुने दर ९७ दशमलब ७ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ ।

यो पनि पढ्नुहोस् – न्युयोर्क – फेसबुकका वेबसाइट र एप्सले बालबालिकालाई हानि पु¥याउने र विभाजन बढाउने फेसबुककी एक पूर्वकर्मचारीले गुनासो गरेकी हुन् । फेसबुकमा प्रडक्ट म्यानेजरकी रूपमा काम गरेकी ३७ वर्षीया फ्रान्सिस हाउगनले यस्तो गुनासो गरेकी हुन् ।

कमोजोरी थाहा हुँदा हुँदै पनि फेसबुकले यसबारे चासो नदिइँ नाफालाई प्राथमिकता दिइएको उनको भनाई छ । कम्पनीका गोप्य कुराहरू चुहाएपछि फेसबुकले हाउगनको आलोचना गर्दै उनीसँगै पर्याप्त ज्ञान नभएको टिप्पणी गरेको छ ।

फेसबुकले आफ्ना सुरक्षा अवस्थाको बचाउसमेत गरेको छ । उनको भनाईपछि रिपब्लिकन र डेमोक्र्याट सांसद्ले फेसबुकमा परिवर्तन आवश्यक रहेको सुझाब बताएका छन् । फेसबुकमा सुधार अमेरिकी संसद् कंग्रेसले हस्तक्षेप गर्नुपर्ने उनको भनाई छ ।

विश्वकै लोकप्रिय सामाजिक सञ्जाल फेसबुकका २ अर्ब ७० करोड सक्रिय प्रयोगकर्ता छन् । मेसेन्जर, ह्वाट्सएप र इन्स्टाग्रामजस्ता कम्पनीका अन्य उत्पादन पनि उत्तिकै लोकप्रिय छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय