पछिल्लो २४ घण्टाको कोरोना अपडेट

काठमाडौं । नेपालमा बुधबार ४ सय ४० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयले जनाएअनुसार ५ हजार ४ सय ७ जनाको पीसीआर परीक्षण गर्दा ३८७ जना र १ हजार ४ सय ७ जनाको एन्टिजेन परीक्षण गर्दा ५३ जना गरी ४४० जनामा संक्रमण देखिएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ६ जनाको मृत्यु भएको छ भने ४७४ जना निको भएका छन् ।

बुधबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख १० हजार ७३८ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ४६० पुगेको छ भने ७ लाख ९६ हजार ७८० जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ५१९ जना रहेका छन् । जसमध्ये ७ हजार ५ जना होम आइसोलेसनमा रहेका छन् भने ५१७ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

कोरोनाका बिरामीमध्ये १८९ जना आईसीयू र ५३ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

यस्तै १० वर्ष मुनिका १४ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका २१ जना कोरोना संक्रमित थपिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय