३४ बर्षीय सभापति घिमिरेको काँधमा काँग्रेसलाई अब्बल बनाउने चुनौति र अवसर

गुल्मी । पाँच बर्ष अघि नेपालमा स्थानीय तह पुर्नसंरचना हुने समयमा गुल्मीको साविक नेटा गाविस घर भएका मोहन घिमिरेको सक्रियता एकाएक बढ्न थाल्यो ।

हकी स्वभाव र विपक्षीहरुको आक्रामक रुपमा सामाना गर्न सक्ने खुबी भएका उनी ११ बर्षको उमेर मै नेबिसंघमा आवद्ध भएका थिए । काठमाडौंमा अध्ययन गर्दै विद्यार्थी राजनीतिमा संलग्न रहेका उनी काठमाडौंको बसाई सकेपछि गाँउमै योगदान गर्नुपर्छ भन्ने उद्देश्य बोकेर गाँउ फर्किए । अनि एक विद्यालयमा केही समय जागिर समेत गरे ।

छोटो समयमै उनी पार्टी पंंक्ति मात्र नभएर मुसिकोट नगरपालिका भित्र नेपाली काँग्रेस पार्टी तथा जनताहरुसँग सम्बन्ध बलियो बनाउँदै गए । उनकै दरिलो समर्थन तथा मिहनेतमा ७४ सालको निर्वाचनमा आफ्नो वडामा काँग्रेस विजयी गराउन सफल भए ।

सिँगो नगरपालिकामा काँग्रेस करिब क्लिन स्वीप जस्तै भएको अवस्थामा मुनपा १ मा पूर्ण बहादुर हितान मगरले वडाध्यक्ष जिते । हितानको जितमा मोहन जस्ता इनर्जेटिक यूवाहरुको ठूलो हात छ । देश संघीय संरचनामा गएसँगै नेपाली काँग्रेसपनि संघीय संरचनालाई पच्छाउँदै अघि बढ्न थाल्यो । सोही अनुसार नगरकमिटि र गाँउकमिटि गठन भए । जसमा मुसिकोट नगरपालिकाको सचिवको रुपमा उनले करिब पाँच बर्ष काम गरे ।

बिद्यालय तह मै आन्दोलनको नेतृत्व गरेका उनले आन्दोलन गर्दा संकटकालको समयमा सेनाले नियन्त्रणमा लिएको थियो । काठमाडौंको आर.आर.क्याम्पसमा नेबिसंघको ईकाई सदस्य हुँदै सचिव सम्म भएर काम गरेको अनुभव भएका उनी अहिले मुसिकोट नगरपालिकामा नेपाली काँग्रेसको सभापति पदमा विजयी भएका छन् ।

चुनाव मार्फत नै नेतृत्व चयन गरिएकोमा उनलाई यस क्षेत्रका पार्टीपंक्तिको राम्रो साथ रह्यो । २०६२।६३ को जनआन्दोलनमा करिब १५ पटक सम्म प्रहरी हिरासतमा बसेका उनले माओवादी कालमा उनिहरुको धम्किको बाबजुत पनि स्थानिय स्तरमा कांग्रेसका कार्यक्रम आयोजना गरि चर्चा कमाएका थिए । नेपाली कांग्रेस गुल्मी क्षेत्र न ३ को सचिवमा १३ औ महाधिबेसनमा उमेद्वार बनेको तर पराजित भएका उनले तत्पश्चात क्षेत्रीय सदस्यको रुपमा काम गरेका थिए ।

उनी पार्टी मात्र नभएर विभिन्न संघसंस्थामा समेत आवद्ध छन् । निस्ती बडिगाड सामुदायिक बिकास केन्द्र, मुसिकोट युनेस्को केन्द्र र सरस्वती माबी मुनपा १ को व्यवस्थापन समितिको अध्यक्ष, रेडक्रम उपशाखा सदस्य, प्रजातान्त्रीक सम्पर्क महासंघ गुल्मीको सचिव लगायतका विभिन्न संस्थाहरुमा उनले आवद्ध रही काम गरेका छन् ।

पार्टीलाई जिताउने चुनौति र मौका – २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेसँग काँग्रेसले मुसिकोट मात्र नभएर गुल्मी जिल्लामा नै शर्मनाक हार व्यहेरोको थियो । मुसिकोटमा एक वडाध्यक्ष र चार वडा सदस्य जितेको काँग्रेसले अब आउन लागेको स्थानीय तहको निर्वाचनमा अब्बल रुपमा जितको दाबेदारी प्रस्तुत गर्न कम सजिलो भने नरहेको स्वयं काँग्रेस नेता नै बताउँछन् ।

विविध सामाजिक काममा सहयोग जुटाउदै र सहयोग गर्दै आएका मध्यम बर्गिय सामान्य परिवारका रहेका उनले कांग्रेसको नीति र सिद्धान्त प्रती पूर्ण ईमान्दार रहेर काम गर्ने प्रतिबद्धता जनाएका छन् ।कार्यकर्ताको संरक्षण गर्ने क्षमता भएको, कुनै पनि हालतमा पार्टी हित बिपरित काम हुन नदिने स्वाभाव भएको हार्डलाइनर काँग्रेसको रुपमा छवि बनाएका उनलाई यतिबेला पार्टीले विश्वास गरेर ठूलो जिम्मेवारी दिएको छ ।

‘पार्टीले अघिल्लो स्थानीय चुनावमा लज्जास्पद हार व्यहोरेको, प्रदेश र संघीय चुनावमा समेत कमजोर रहेको अवस्थामा यसलाई उठाउने जिम्मा घिमिरेको छ, यो उनको अग्नि परिक्षा पनि हो’, एक काँग्रेस नेता भन्छन् । ३४ बर्षको उमेरमै नगर सभापति जितेका उनलाई पार्टी पंक्तिको भरोसा छ । सोही भरोसालाई मध्यनजर गर्दे आफूसँग चुनाव लडेका र पराजित भएका नेताहरुलाई पनि साथमा लिएर जानुपर्ने अवस्था छ । त्यस्तै अबको चुनावमा पार्टीलाई जिताउनुपर्ने जिम्मेवारी पनि ।

‘मैले मेरो मुख्य जिम्मेवारी भनेको अबको निर्वाचनमा पार्टीलाई जिताउनु र सुदृढ संगठन बनाउनु हो’, शिखर अनलाइनसँग बोल्दै घिमिरेले भने, ‘त्यसैको निम्ती म यतिबेला नियमित रुपमा पार्टीकै काममा जुटिरहेको छु ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय