पछिल्लो २४ घण्टाको कोरोना अपडेट

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३९० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । आज देशभरबाट ४२५ जना निको भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यससँगै देशभर पीसीआर विधिबाट भएको परीक्षणमा कोरोना सङ्क्रमितको कुल संख्या ८ लाख १४ हजार ९२९ पुगेको छ भने एन्टिजेन विधिबाट भएको परीक्षणमा ९४ हजार ८३६ जनामा पुष्टि भएको छ ।

यस्तै हालसम्म सङ्क्रमण निको हुनेको कुल संख्या ७ लाख ९५ हजार ८२२ जना पुगेको छ । यसैबीच पछिल्लो २५ घण्टामा कोरोनाबाट ५ जनाको मृत्यु भएको छ ।

यससँगै देशभर कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ११ हजार ४५३ पुगेको छ । हाल देशभर कोरोनाका सक्रिय सङ्क्रमित ७ हजार ६५४ जना रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय