मकवानपुर – नेकपा (एस)निकट विद्यार्थी नेता अधिकारीको करेन्ट लागेर निधन भएको छ ।

नेकपा एकीकृत (समाजवादी) पार्टी हेटौँडा उपमहानगरपालिकाका सचिव तथा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियु केन्द्रीय कमिटी सदस्य गिरिजा अधिकारीको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

हेटौँडा उपमहानगरपालिका–१७ राजदेवीमा बाटो खन्ने क्रममा विद्युत्को तार पन्छाउने क्रममा सोमबार बिहान करेन्ट लागेपछि उनलाई उपचारका लागि मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौँडा अस्पतालमा ल्याइएको थियो।

उनको उपचारका क्रममा निधन भएको अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा रामचन्द्र सापकोटाले जानकारी दिए।

शव परीक्षण गरी परिवारलाई दाहसंस्कारका लागि हस्तान्तरण गर्ने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता जयश्वर रिमालले बताए।

सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here