देउसी समूहलाई बसले ठक्कर दियो, दुई जनाको मृत्यु

हेटौंडा- मकवानपुरमा बसले देउसीभैलो समूहलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ।

शनिबार राति हेटौंडाबाट भरतपुर जाँदै गरेको बागमती प्रदेश ०३, ००१ ख ०९३६ नम्बरको बसले नेवारपानीमा देउसीभैलो खेलिरहेकालाई ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालका अनुसार बसको ठक्करबाट हेटौंडा

उपमहानगरपालिका १५ का सुजन विष्ट र चितवनका प्रेम सिंहको मृत्यु भएको छ। दुर्घटनामा आठ जना घाइते भएका छन् ।

घाइतेमध्ये सात जना उपचारपछि घर फर्केका छन् । एक जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।

यो पनि पढ्नुहोस् – काठमाडौं – सल्यानमा बस दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ भने २६ जना घाइते भएका छन् ।

सल्यानबाट दाङको तुलसीपुरतर्फ जाँदै गरेको रा १ ख २५५२ नम्बरको बस आइतबार बिहान ११ बजेतिर कपुरकोटको खारखोला नजिकै दुर्घटनामा परेको हो।सल्यानका प्रहरी प्रमुख डिएसपी गोविन्द थापाले ६ जनाको घटनास्थलमै र २ जनाको अस्पतालमा मृत्यु भएको जानकारी दिए ।

घाइतेहरुको उद्दार कार्य जारी रहेको उनले बताए । घटनाबारे थप विवरण आउँन बाँकी छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय