एम्बुलेन्स दुर्घटना, १ जनाको मृत्यु, ६ जना घाइते

काठमाडौं । ताप्लेजुङमा एम्बुलेन्स दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा मैवाखोला गाउँपालिकाकी करिब १६ वर्षीया हेमकला लिम्बु रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । मैवाखोला गाउँपालिकास्थित साँघुबाट बिरामी लिएर धरान जाँदै गरेको प्रदेश १–०१–००१ झ ०२२४ नम्बरको एम्बुलेन्स शनिबार राति करिब ११ बजेतिर मिल्केडाँडामा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी घाइते भएकी लिम्बुलाई उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी घाइते भएका अन्य ६ जनाको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

घट्नाको प्ररम्भिक विवरण अनुसार उकालो सडकमा पिकअप लिन नसक्दा ब्याक आउने क्रममा एम्बुलेन्स सडकबाट तल खसेको प्रहरीको अनुमान छ ।

यो पनि पढ्नुहोस् -दाङ – सल्यानको खलंगाबाट दाङको तुलसीपुर आउँदै गरेको रा १ख २५५२ नम्बरको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुगेको छ ।

आइतबार बिहान सल्यानको खलंगाबाट दाङको तुलसीपुर आउँदै गरेको बस कपुरकोट गाउँपालिकामा दुर्घटनाग्रस्त भएको थियो । उक्त बसमा ३० जना यात्रु सवार थिए । बस सडकबाट करिब दुई सय मिटर तल खोलामा खसेको छ । घाइतेहरूका अनुसार बस निकै नै तीव्र गतिमा थियो ।

मृतकहरूमध्ये सल्यान शारदा नगरपालिका–१२ कि ५३ वर्षीया प्रभा चलाउने, शारदा–२ कि ६१ वर्षीया मिना डाँगी, शारदा–३ कि ६६ वर्षीया लिला बुढाथोकी, त्रिवेणी–१ काभ्रा कि २४ वर्षीया मिना शाही, दाङ

बबई गाउँपालिका–४ बस्ने ६० वर्षीया डुली रेउले, बबई–६ पन्चकुले बस्ने ७० वर्षीया कलावती बुढाथोकी, घोराही नारायनपुर बस्ने ६५ वर्षीया ईन्द्रा अधिकारी र सल्यान छत्रेश्वरी–२ का २९ वर्षीय तिलक ओली रहेका प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय