पछिल्लो २४ घण्टाको कोरोना अपडेट

काठमाडौँ – नेपालमा आइतवार थप १४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकामा थप ११९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
काठमाडौँमा ८०, भक्तपुरमा ३ र ललितपुरमा ३६ जना संक्रमित थपिएका छन्।

यस्तै, पछिल्लो २४ घण्टामा ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ४ सय ४८ पुगेको छ।

आइतबार ५६३ जना कोरोना संक्रमणमुक्त भएका छन्। देशभर ७ हजार ७१३ सक्रिय संक्रमित छन्।

यो पनि पढ्नुहोस् – दाङ – सल्यानको खलंगाबाट दाङको तुलसीपुर आउँदै गरेको रा १ख २५५२ नम्बरको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुगेको छ ।

आइतबार बिहान सल्यानको खलंगाबाट दाङको तुलसीपुर आउँदै गरेको बस कपुरकोट गाउँपालिकामा दुर्घटनाग्रस्त भएको थियो । उक्त बसमा ३० जना यात्रु सवार थिए । बस सडकबाट करिब दुई सय मिटर तल खोलामा खसेको छ । घाइतेहरूका अनुसार बस निकै नै तीव्र गतिमा थियो ।

मृतकहरूमध्ये सल्यान शारदा नगरपालिका–१२ कि ५३ वर्षीया प्रभा चलाउने, शारदा–२ कि ६१ वर्षीया मिना डाँगी, शारदा–३ कि ६६ वर्षीया लिला बुढाथोकी, त्रिवेणी–१ काभ्रा कि २४ वर्षीया मिना शाही, दाङ

बबई गाउँपालिका–४ बस्ने ६० वर्षीया डुली रेउले, बबई–६ पन्चकुले बस्ने ७० वर्षीया कलावती बुढाथोकी, घोराही नारायनपुर बस्ने ६५ वर्षीया ईन्द्रा अधिकारी र सल्यान छत्रेश्वरी–२ का २९ वर्षीय तिलक ओली रहेका प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय