दुखद खबर , ५ जना मृतावस्थामा भेटिए

काठमाडौं- गोकर्णेश्वर नगरपालिका-१ सुन्दरीजल चिलाउनेस्थित बाटो छेउमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५५ वर्षीय पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन् ।

रामेछाप, सुनापती गाउँपालिका-१ बोजेनी बस्ने ४८ वर्षीय बिदुर गौतम आफ्नै घरभित्र माथिल्लो तला जाने भर्‍याङको फेदमा मृत अवस्थामा आइतबार फेला परेका छन् ।झापा, हल्दिबारी गाउँपालिका-१ गोलधाप बस्ने ७१ वर्षीय हेमनर सतार आफ्नै घरमा सुतिरहेको ठाउँमा आइतबार मृत अवस्थामा फेला परेका छन् ।

नवलपरासी(पूर्व), गैंडाकोट नगरपालिका-२ भृकुटी चोकस्थित पुरानो कागज फ्याक्ट्रीभित्र सोही नगरपालिका-५ कुसुमघाट बस्ने २४ वर्षीय प्रकाश कुमाल आइतबार मृत अवस्थामा फेला परेका छन् ।

ओखलढुङगा, सिद्धिचरण नगरपालिका-४ रुम्जाटार बस्ने ४३ वर्षीय बिष्णु पोखरेल आफ्नै घरमा आइतबार मृत अवस्थामा फेला परेका छन् ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय