राष्ट्रपति भेट्न ओली शीतल निवासमा

काठमाडौं – प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवासमा पुगेका छन् ।

आइतबार दिउँसो ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न राष्ट्रपति भवन शीतल निवासमा पुगेका हुन् । चाडपर्व सकिएलगत्तै ओली राष्ट्रपति भण्डारीलाई भेट्न आइतबार शीतल निवासमा पुगेका हुन् ।
ओली र राष्ट्रपतिबीचको भेटवार्तालाई पुष्टि गर्दैै ओलीका सहयोगी रामशरण बजगाईंले न्युज कारखानासँग भने, ‘राष्ट्रपति र अध्यक्षज्यूबीच समसामयिक विषयमा कुराकानी भएको छ ।’

यो पनि पढ्नुहोस् – काठमाडौं । भक्तपुरको मध्यपुरथिमिमा गुडिरहेको स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

धुन्चेपाखाबाट थिमि आउँदै गरेको बागमती प्रदेश २–०१६ प ३४३६ नम्बरको स्कुटर मध्यपुरथिमि नगरपालिका–८ बोडे तीनदोबाटोमा दुर्घटना भएको हो ।

दुर्घटनामा मृत्यु हुनेमा रामेछापको लिखु गाउँपालिका–६ घर भई मध्यपुरथिमि धुन्चेपाखा बस्ने ३५ वर्षीय

राजकुमार तामाङ रहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।

दुर्घटनामा घाइते भएका तामाङलाई लगत्तै प्रहरीले उपचारका लागि नेपाल–कोरियामैत्री नगरपालिका अस्पताल पुर्याएको थियो । उनको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो । दुर्घटनका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय