स्कुटर दुर्घटनामा परी एक जनाको मृत्यु

काठमाडौं । भक्तपुरको मध्यपुरथिमिमा गुडिरहेको स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

धुन्चेपाखाबाट थिमि आउँदै गरेको बागमती प्रदेश २–०१६ प ३४३६ नम्बरको स्कुटर मध्यपुरथिमि नगरपालिका–८ बोडे तीनदोबाटोमा दुर्घटना भएको हो । दुर्घटनामा मृत्यु हुनेमा रामेछापको लिखु गाउँपालिका–६ घर भई मध्यपुरथिमि धुन्चेपाखा बस्ने ३५ वर्षीय

राजकुमार तामाङ रहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।

दुर्घटनामा घाइते भएका तामाङलाई लगत्तै प्रहरीले उपचारका लागि नेपाल–कोरियामैत्री नगरपालिका अस्पताल पुर्याएको थियो । उनको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो । दुर्घटनका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय