खड्गदेवी युवा क्लवद्वारा भलिबल तथा विविध सास्कृतिक कार्यक्रम सम्प्न्न

गुल्मी । खड्गदेवी युवा क्लव मुसिकोट २ मुसिकोट रात चौरमा भलिबल तथा विविध सास्कृतिक कार्यक्रम सम्प्न्न भएको छ ।

सदाको वर्षजस्तै यस वर्षपनी शुभदिपावलिको अवसर पारेर गरिएको कार्यक्रम बिहिबार सम्पन्न भएको क्लवका अध्यक्ष रबिन्द्र खत्रीले जानकारी दिनुभएको छ ।सो अवसरमा सन्चालन भएका कार्यक्रम मध्य खुल्ला भलिबलका लागि २१ सनुह दर्ता भएता पनि खेलमा जम्मा १६ समुह सहभागि भएका थिए जस मध्य थानपति समाज सेवा खार प्रथम स्थान हासिल गरि नगद रु २००००/, प्रमाणपत्र र मेडल प्राप्त गरेको छ,

भने आयोजक खड्गदेवि युवा क्लव मुसिकोट २ रातचौर द्वितीय स्थान हासिल गर्दै नगद रु १५०००/- प्रमाणपत्र र मेडल प्राप्त प्राप्त गर्न सफल भएको र त्यसै गरि उत्कृष्ट खेलाडीमा थानपति समाज सेवा का खेलाडी दुर्गा क्षेत्री लाइ प्रदान गरियको क्लवका उपाध्यक्ष राम प्रसाद आचार्यले बताउनुभयो ।

त्यस्तै रेकर्ड डान्सतर्फ वसन्त युवा क्लव मनेवा प्रथम, आयोजक खड्गदेवी युवा क्लव द्वितीय र पृयन्का दर्जी तृतीय हुनुभएको थियो भने कुर्सी दौडमा -बिनिता खत्री प्रथम,साधना खत्री द्वितीय र बिना केसी तृतीय हुनुभएको छ।

त्यसै गरि अत्यधिक आकर्षक खेलको रुपमा हेरिएको भाले छोपाइमा -निसान खत्री सफल हुनुभएको क्लवका कोषाध्यक्ष जगत अधिकारीले बताउनुभयो ।

जनक केसिको प्रमुख आथित्यता र कलबका अध्यक्ष रबिन्द्र केसिको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन क्लवका उपाध्यक्ष राम प्रसाद आचार्यले गर्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय