नेकपा एमालेद्वारा मुसिकोटमा शोक तथा श्रद्धाञ्जली सभा सम्पन्न

नेकपा एमाले वडा कमिटी मुसिकोट नपा २ को आयोजनामा शोक तथा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ ।

मुसिकोट नगरपालिका वडा न २ कुखुरापोले निवासी तथा नेपाल कम्युनिस्ट पार्टी एमाले मु न पा २ वडा कमिटी सदस्य मान वहादुर खत्री सक्रिय सदस्य यम बहादुर खत्री गणेश खत्री र क्याप्टेन रमेश खत्रीको पुजनिय बुवा समाजसेवी हस्त बहादुर खत्रीको २०७८/०७/०८ गतेको दिन ८० बर्षको उमेरमा भएको असमायिक निधनमा पार्टी को तर्फबाट शोक तथा श्रद्धाञ्जली सभा सम्पन्न गरिएको छ।

शोक सभा मा बोल्दै नेकपा एमाले मुसिकोट नगरकमिटी अध्यक्ष क प्रकाश काफ्लेले शोक मन्तव्य राक्दै उहाको निधनले पार्टीलाई अपुरणिय क्षती पुगेको बताउनु भयो।दिवगत बुवा प्रती हार्दिक श्रद्धा सुमन ब्यक्त गर्दै घर परिवार प्रती गहिरो समबेदना प्रकट गर्नुभयो। शोक सभामा मौनधारण तथा स्व हस्त वहादुर खत्रीको फोटोमा माल्यरपण समेत गरिएको थियो।

शोक सभामा वडा कमिटी अध्यक्ष हरि व कुवर मुसिकोट नगरकमिटी अध्यक्ष क प्रकाश काफ्ले नगर कमिटी सचिवालय सदस्य क महेन्द्र घिमिरे वडा अध्यक्ष लक्ष्मण खत्री नगर कमिटी सदस्य चुरा ब पछाइ बाबुराम

खत्री शिव बहादुर नेपाली कोपिला घिमिरे वडा कमिटी पुर्ब अध्यक्ष मदन घिमिरे वडा कमिटी सचीव टीका थापा कार्यपालिका सदस्य गोबिन्द नेपाली युबा सघ कृष्ण भट्टराई लगायतको उपस्थिति रहेको कार्यक्रमको संचालन मुसिकोट नगरकमिटी सचिवालय सदस्य महेन्द्र घिमिरेको रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय