मुसिकोटकी सरस्वतीको उपचार गर्न काँग्रेस गुल्मी–काठमाडौं सम्पर्क समितिद्वारा आर्थिक सहयोग

काठमाडौं । नेपाली काँग्रेस गुल्मी – काठमाडौं सम्पर्क समितिले गुल्मी जिल्ला मुसीकोट नगरपालिका वडा नं ३ बडागाँउ भराह बस्ने एक महिलाको उपचारमा सहजता ल्याउन आर्थिक सहयोग गरेका छन् ।

साविकको बडागाँउ बस्ने कर्ण बहादुर खाशुको छोरा पवन खासु मगरको पत्नी २४ वर्षकी सरस्वती खासूको उपचारको निम्ती सहयोग गरिएको हो । मृगौलामा समस्या भएको कारण खासु यतिबेला वीर अस्पतालमा उपचार गराइरहेकी छन् । उपचारको लागि पाल्पा हुँदै काठमाडौं विर अस्पतालमा भर्ना भएकी उनलाई प्रारम्भिक उपचार गर्न आवश्यक रकम ३६ हजार १ सय ५ रुपैया समितिका उपाध्यक्ष कृष्ण प्रसाद खरेलसहितको टोलीले हस्तान्तरण गरेको हो ।

उपचारमा आर्थिक समस्या भएको र परिवारको अर्थ जुटाउने स्रोत पनि नभउको अवस्थामा सहयोग स्वरुप उक्त रकम समितिको तर्फबाट बुझाइएको खरेलले बताए । सो सहयोगले पिडितको उपचार सुरुवात गराउन सहयोग पुग्ने अपेक्षा गरिएको खरेलले बताए । उनका अनुसार समितिका विभिन्न पदाधिकारीहरुबाट थोरै धेरै रकम जुटाएर उनलाई प्रदान गरिएको हो ।

उक्त रकम ग्रहण गर्दै सरस्वतीले समितिप्रति आभार व्यक्त गरिन् । यस रकमले आफ्नो जीवन रक्षामा मद्ध पुग्ने भन्दै समिति तथा समितिका पदाधिकारीहरुलाई धन्यवाद दिदै उनले खुशी प्रकट गरेकी थिइन् । सहयोग हस्तान्तरण कार्यक्रममा खरेलसहित समाजसेवी परमेश्वर घिमिरे लगायत उपस्थित भएका थिए ।

समितिले उनको थप उपचारको निम्ती पनि सहयोग गर्न सम्बद्ध सबैलाई आग्रह गरेको छ । दैनिक ज्याला मजदुरी गरी दुई छाक टार्ने परिवारमा लाखौं खर्च लाग्ने गरी विरामी परेपछि यतिबेला सहयोगको याचना गरिएको छ ।

समितिले कोभिड महामारीको कारण गरिएको लकडाउनको अवधिमा समस्या परेका मानिसहरु, बाढीपहिरो प्रभावित तथा विभिन्न कारणले समस्यामा परेका मानिसहरुको कल्याणको निम्ती विभिन्न सहयोगात्मक कार्यहरु गर्दै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय