छुट्टाछुट्टै घटनामा दुई बालकको मृत्यु

जनकपुरधाम। महोत्तरीमा भएको छुट्टाछुट्टै घट्नामा दुई जना बालकको ज्यान गएको छ ।

एक जना बालकको ढोकाको पलामा चेपिएर तथा अर्काको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्लाको मटिहानी नगरपालिका १ धिरापुरमा बालकको ढोकाको पलामा चेपिएर मृत्यु भएको छ ।

स्थानीय प्रवोध साहका ९ बर्षीय छोरा आयुष कुमार साहको यसरी मृत्यु भएको हो । आमासँग घर सरसफाई गर्ने क्रममा ढोकाको पलामा निजको घाँटी अड्की उनी घाइते भएका थिए ।

तत्काल उपचारका लागि जिल्ला अस्पताल जलेश्‍वर ल्याउने क्रममा बाटोमै मृत्यु भएको महोत्तरी प्रहरीका प्रबक्ता एवं डीएसपी प्रकाश बिष्टले जानकारी दिए ।

यस्तै बर्दिवास नगरपालिका ५ बस्ने बसन्त रानाका १० वर्षीय छोरा अमनको पोखरीमा डुबेर मृत्यु भएको छ। वडा नम्बर ४ स्थित जोर धारा पोखरीमा साथीहरुसंग पौडी खेल्ने क्रममा डुबेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतक बालक आयुषको शवको जिल्ला अस्पताल जलेश्वरमा पोष्टमार्टम गरी आफन्तले बुझिसकेको र अमनको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाइएको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुहोस् – रुपन्देही – रुपन्देहीमा टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।

तिलोत्तमा नगरपालिका-३ सिताराईस मिलस्थित सडकमा लु. २ ख ३३१६ नम्बरको टिपरको ठक्करबाट सोही ठाउँ बस्ने ६८ वर्षीया प्रेम कुमारी आचार्यको मंगलबार बिहान मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएकी उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो ।

हाल फरार रहेका टिपर चालकको खोजी गर्नुका साथै दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय