गुल्मीको मुसिकोटमा आँखा उपचार केन्द्र प्रभावकारी बन्दै,आखाको सफल अप्रेसन गरेको अनुभव ताजै

विष्णुप्रसाद आचार्य,चकित,मुसिकोट गुल्मी – गुल्मीको मुसिकोट नगरपालिका वामीटक्सारमा अवस्थित श्री कृष्णहरि रुद्रावती सापकोटा आँखा उपचार केन्द्र प्रभावकारी बन्दै गएको छ ।

वि.स.२०६९ सालमा स्थापना भएको आँखा उपचार केन्द्रले स्थापनाकालदेखि नै आँखा सम्बन्धी समस्याका भरपर्दो उपचार गरेकोले अस्पतालप्रती यस आसपासका बासिन्दाहरुको विश्वास बढेको अस्पताल प्रमुख धिरोज कुवरले बताउनुभयो ।

जग्गा र भवन निर्माणकार्यको सम्पुर्ण खर्च व्यवस्थापन गर्नुभएका दानविर समाजसेवी कृष्णहरि सापकोटाले टाढाटाढाबाट समेत आखाका बिरामीहरु आएर उज्यालो जिन्दगी लिएर फर्कदा आफुलाई सन्सार जितेको महसुस हुने उहाको भनाइ छ ।

गत आर्थिक वर्ष २०७७/७८ लाई आधार मानेर हेर्दा दुई हजार नौ सय अठहत्तर जनाले उपचार केन्द्रबाट सेवा लिएको प्रमुख कुवरको भनाइ छ । जसमध्ये ५४३ जना बच्चा,एक हजार सत्र जना पुरुष र एक हजार तीन सय अठार जना महिलाले सेवा लिएका छन ।

अधिकाम्स आँखा पाक्ने,घुर कसिङ्गर परेको,आखाको कारण टाउको दुखेको,मोतियाबिन्दु भएको,सुख्खा आँखा,आखामा मासु पलाएको,आखामा एलर्जी भएका बिरामीहरु आउने गरेको तथ्यांक अस्पतालको बताएको छ ।

सबैभन्दा बढी जटिल र सफल उपचारको रुपमा अर्लाङ्गकोटका ८६ वर्षका पिताम्बर खरेलको एकैदिन दुबै आँखाको अप्रेसन गरि नेत्रज्योती प्रदान गरेको र ७ वर्षकी मनिषा नेपालीको घाउ भएको आखामा फुलो परिसकेको अवस्थाको उपचार सफल भएको अस्पतालले बताएको छ ।

उपचार केन्द्रमा ढोरपाटन,गल्कोट,मालिका गाउपालिका,निसिखोला,चन्द्रकोट,इश्मा,बडिगाड र मुसिकोट लगायतका ठाउबाट सेवाग्राही आउने गरेको तथ्यांक केन्द्रले दिएको छ ।

विद्यार्थीहरुलाइ निशुल्क औषधि उपचार र चस्मा वितरण ,विद्यालयमै गएर आँखा परिक्षण, आँखा उपचार सिविरजस्ता सेवा प्रदान गर्दै आएको केन्द्रका सन्चालक समितिका अध्यक्ष अग्निधर लोहनीले बताउनुभएको छ ।

हाल ३ जनाको दरबन्दी रहेको अस्पतालमा प्रत्येक वडामा सिविर सन्चालन गर्ने,जेष्ठ नागरिकलाइ निशुल्क चस्मा वितरण गर्ने,स्वास्थ्य स्वयंसेवकलाई यस सम्बन्धि तालिम दिने,टेलिफोन सन्चारबाट सल्लाहसुझाव दिने योजना रहेको अस्पतालको भावी योजनामा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय