प्रधानन्यायधिश राणाले राखे सम्मानजनक बहिर्गमनको प्रस्ताव, न्यायधिशहरुले बनाए वार्ता टोली

काठमाडौं । अघोषित रुपमा इजलास बहिष्कार गरेर प्रधानन्यायधिश चोलेन्द्र शमसेर जबराविरुद्ध आन्दोलनमा उत्रिएका सर्वाेच्चका न्यायधिशहरुले जबरासँग वार्ता गर्ने भएका छन् ।

आइतवार बसेको न्यायधिशहरुको बैठकको क्रममा उनीहरुले जबरासँग वार्ता गर्नको निम्ती तीन सदस्यीय टोलीको समेत गठन गरेका छन् ।न्यायाधीशहरू सपना प्रधान मल्ल, अनिलकुमार सिन्हा र मनोज शर्मा रहेको वार्ता समिति गठन गरिएको हो।

सर्वोच्चका न्यायाधीशहरूबीचको छलफलपछि गठित वार्ता टोली प्रधानन्यायाधीशसँगको वार्ताका लागि उनको च्याम्बरमा पुगेको छ।

प्रधानन्यायधिश राणाले आफूले सम्मानजनक बहिर्गमन चाहेको भन्दै प्रस्ताव गरेपछि उनीहरुले वार्ता समिति बनाएका हुन् ।

अघिल्लो आइतबारदेखि न्यायाधीशहरूले इजलास बहिष्कार गरेर प्रधानन्यायाधीश राणामाथि राजीनामाको दबाब बढाएका छन्।

राणाले मन्त्रिपरिषदमा भागवण्डा मागेको, न्यायलयमा गुटबन्दी गरेको लगायतका विभिन्न आरोपहरु लगाएर यतिबेला सर्वाेच्च अदालतमा भद्रगोलको स्थिती सिर्जना भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय