रिडी(रुद्रबेनी(वामी सडक ११ दिनपछि खुल्यो

गुल्मीको रिडी रुद्रबेनी वामी सडक ११ दिनपछि सञ्चालनमा आएको छ ।रुरुक्षेत्र गाउँपालिका(२ को साँघुरेमा पहिरोले अवरुद्ध सडक

कालीगण्डकी करिडोर बाटो निर्माण कार्यदल हर्मिचौर र सग्राम शार्दुल गुल्मको संयुक्त टोलीले सडक खुलाएको हो । आइतबार दिउँसोबाट सडक मर्मत भएपछि सवारी साधन आवतजावत गरेको अस्थायी ट्राफिक प्रहरी पोष्ट रिडीका हवल्दार जगत खनालले जानकारी दिए । कात्तिक महिनामा परेको बेमौसमी वर्षाले ३ गतेदेखि सडक बन्द थियो ।

पहिरोको बीचमा ठूला ढुंगाहरु भएकाले डोजरको प्रयोग गरी सडक खुलाउन नसकिएपछि नेपाली सेनाले बिष्फोटन गरी सडक खुलाएको हवल्दार खनालले बताए । नेपाली सेनाले शुक्रबार ठूला ढुंगालाई विष्फोटन गरेको थियो ।

सडक अवरुद्ध हुँदा शान्तिपुर, चोरकाटे, बुर्तिबाङबाट बुटवलका लागि छुट्ने सवारी साधन कालीगण्डकी करिडोर हर्मिचौर, मिर्मी हुँदै बुटवल जाने गरेका छन् ।

केही सवारी साधन सदरमुकाम तम्घास हुँदै वामिटक्सारबाट बुर्तिबाङतर्फ जाने गरेका थिए । जिल्लाको रिडी–रुद्रबेनी–वामी सडक व्यस्त सडक हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय