मुसिकोटमा प्रतिमा राना स्मृति अक्षय कोष स्थापना

विष्णुप्रसाद आचार्य,चकित,मुसिकोट गुल्मी-गुल्मीको मुसिकोट नगरपालिकामा प्रतिमा राना स्मृती अक्षयकोष स्थापना भएको छ । मुसिकोट नगरपालिका वडा नम्बर ४ स्थित मुसिकोट मा बि मा अक्षयकोष स्थापना गरिएको हो ।

पृथ्वी मा बि मुसिकोट ३ का भु पु विद्यार्थी २०६१ को एस.एल .सी समुहले आफ्नो सहपाठी प्रतिमा रानाको स्मृतिमा उक्त कोष स्थापना गरेको सुमेन्द्र सिंह ठकुरीले जानकारी दिनुभयो ।यसअघि मुसिकोट नगरपालिका २ जलजके घर भएकी सहपाठी बिना थापाको स्मृतिमा २०७४ सालमा तीन लाख बराबरको पृथ्वी मा बि मा अक्षयकोष स्थपना गरेको समुहले यसपाली मुसिकोट मा बि मा अक्षयकोष स्थापना गरेको हो ।

गल्कोट नगरपालिका ९ बासखोला घर भएकी सहपाठी प्रतिमा रानाको स्मृतिमा स्थपना गरिएको एक लाख ८० हजार बराबरको स्मृति अक्षयकोषबाट प्राप्त भएको ब्याज रकमको वार्षिक १८ प्रतिशतले हुन आउने रकमबाट ११ प्रतिशतले हुन आउने रकम विद्यालयको लागि खर्च गरिने गरि स्थपाना गरिएको बताइएको छ ।

त्यस्तै १० प्रतिशतले हुन आउने रकम सावामा थप्ने,३० प्रतिशतले हुन आउने रकम एस.ई.इ पास गरेका ११ मा भर्ना हुने गरिब विद्यार्थीको लागि १/१ छात्रछात्रालाइ भर्ना शुल्कमा सहयोग गर्नेगरि कोष स्थापना गरिएको छ ।

कोष रकमको ब्याजबाट प्राप्त रकममध्ये ४९ प्रतिशतले हुन आउने रकम ४ जना अनाथ,दीन दुखी विद्यार्थीहरुको लागि छात्रवृत्तिस्वरुप उपलब्ध गराउने गरि अक्षयकोष स्थापना गरिएको विद्यालयका प्रधानाध्यापक श्याम बहादुर थापाले बताउनुभयो ।

कार्यक्रममा विद्यालयका शिक्षक अभिभावक सङ्घका अध्यक्ष गुप्त बहादुर कार्कीको प्रमुख आतिथ्यता,विद्यालयका समिति अध्यक्ष चिना बहादुर सिंहको विशिष्ट आतिथ्यता,विद्यालयका प्रधानाध्यापक श्याम बहादुर थापा,स्थानिय समाजसेवि केशव सिंह,सहपाठी विजया सिंह,लगायतको सहभागिता रहेको थियो ।

अक्षयकोष स्थापना समुहका त्रिभुवन मल्लको सभापतित्व रहेको कार्यक्रममा कोष सम्योजक समेत रहनुभएका दिनेश सिंह ठकुरिको स्वागत मन्तव्य रहेको कार्यक्रमको सन्चालन महेन्द्र बगालेले गर्नुभएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय