नवपञ्चरतन युवाकलबद्वारा सेमलारमा खुल्ला पुरुष तथा भेट्रान्स ब्याडमिन्टन प्रतियोगिता हुँदै

सन्जु चलिसे

बुटवल २०७८ कार्तिक १० बुधबार । बुटवल सेमलारमा खुल्ला पुरुष तथा भेट्रान्स ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ ।

बुटवल उपमहानगर वार्ड नं.१५ सेमलारस्थित नव पञ्चरत्न युवा क्लबको आयोजनामा स्वः दिलिप पुन, स्वः कृष्ण पौडेल र स्वः लक्ष्मण तिवारी स्मृती बी लेभल खुल्ला पुरुष तथा भेट्रान्स ब्याडमिन्टन प्रतियोगिता–२०७८ हुन लागेको छ ।

क्लवले बुधबार सेमलार कभर्ड हलमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिता बारे जानकारी गराएको छ ।

कार्तिक १२ र १३ गते बुटवल –१५ सेमलार स्थित कभर्ड हलमा प्रतियोगिता हुने क्लबका अध्यक्ष जयमंगल भुसालले जानकारी दिए।

प्रतियोगितामा राष्ट्रिय स्तरका १५ जिल्ला बाट खुल्ला पुरुषतर्फ ६४ र भेट्रान्सतर्फ ३२ टिमका १६० जति खेलाडीहरू को सहभागिता रहने र प्रतियोगिताको एकल पुरुषतर्फको प्रथम पुरस्कार उपाधिसहित ३५ हजार, द्वितिय पुरस्कार २० हजार, तृतिय पुरस्कार १० हजार, साथे उत्कृष्ट खेलाडीलाई ३ हजार र उदयमान खेलाडीलाई २५ सय नगद ,साथे भेट्रान्सतर्फ प्रथम पुरस्कार उपाधिसहित नगद २० हजार, द्वितिय पुरस्कार १२ हजार र तृतीय पुरस्कार ६ हजार सहित सम्मान गरिने प्रतियोगिताका संयोजक शिव रानाले ले जानकारी दिए।

पत्रकार सम्मेलनमा बुटवल १५ अध्यक्ष डम्बर बहादुर भण्डारीले खेलकूद लाई प्रोत्साहन गर्नेर् र सहयोग गर्न बुटवल उपमहानगर र वडा सधैँ तयार रहेको र उनले चुनावमा गरेको प्रतिबद्धता मा कभर्ड हल निर्माण गरी पूरा गरेको समेत भने । क्लबले केहि समय अगाडि सि लेभल व्याडमिण्टन प्रतियोगिता पनि सम्पन्न गरेको थियो ।

प्रतियोगिता बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा क्लबका निवर्तमान अध्यक्ष केशव राज आचार्य ,रुपन्देही उद्योग संघका उपाध्यक्ष जिवकान्त काफ्ले,, लगाएत अन्य पदाधिकारीहरु को सहभागिता रहेको थियो ।

कार्यक्रमको सञ्चालन क्लबका संस्थापक सदस्य गंगा नेपालले गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय