बाग्लुङमा घाँस काट्ने क्रममा लडेर एक जनाको मृत्यु !

सागर भण्डारी,बाग्लुङ । बाग्लुङमा घाँस काट्ने क्रममा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ ।

जिल्लाको बडिगाड गाउँपालिका वडा नं ५ दाँगका देविराम गुरुङको भिरबाट लडेर ज्यान गएको स्थानीय राजन पाईजाले जानकारी दिनुभयो । ४७ वर्षीय गुरुङ घाँस काटेर भारी बोक्ने क्रममा भारी सगैं भिरबाट तल खसेको र घटनास्थलमै ज्यान गएको पाईजाले बताउनुभयो ।

अहिले घटनास्थलमा प्रहरीले मुचुल्का गरिरहेको छ । शव पोष्टमार्टमका लागि बुर्तिबाङ लैजाने तैयारी भईरहेको बताईएको छ ।

यस्तै बडिगाड गाउँपालिका– ९ मालारानीमा एक किसानको कुखुरा फर्ममा चितुवा पसेर एक सय बढि कुखुरा मारिदिएको छ । स्थानिय व्यवसायी दिल बहादुर थापाको कुखुरा फर्ममा आज विहान करिव साढे चार बजेको समयमा चितुवा पसेर फर्ममा रहेका सबै कुखुरा मारिदिएको हो ।

फर्ममा लगाइएको जाली च्यातेर चितुवा भित्र पसेको र अहिले पनि भित्रै रहेको थापाले बताउनुभयो । थापा भन्नुहुन्छ, विहान ४ बजे तिर कुखुरालाई दानापानी गर्न जाँदा चितुवा फर्म छिरेको थिएन, तर फेरी साढे चार बजे तिर बाहिर निस्कदा जंगलबाट चितुवा खोरमा पसेको थाहा भयो ।

स्थानिय दिलिप थापाका अनुसार, चितुवाले बाहिर निस्कने प्रयास गरेपनि बाहिर निस्कने बाटो नहुँदा अहिले पनि फर्म भित्रै छ । चितुवा नियन्त्रणका लागि सव-डिभिजन बन कार्यालय, बडिगाडमा खबर गरिएको थापाको भनाई छ । अहिले भिमगिठे प्रहरी चौकीबाट प्रहरी टोली पनि त्यहाँ पुगेको बताइएको छ ।- Dhorpatan Post

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय