यी हुन् संसारकै दोस्रो लामो खुट्टा भएकी युवती

नियामा केही व्यक्तिहरु आफ्नो शरीरको संरचनाका कारण विश्व प्रसिद्ध बनेका छन् । कसैको सबैभन्दा लामो कपाल छ त कसैको सबैभन्दा लामो नङ, कसैको जिउ संसारमै सबैभन्दा अग्लो छ त कसैको सबैभन्दा होँचो त्यस्तै एक युवती यस्ती छिन् जो आफ्ना लामा खुट्टाको कारण विश्वभर चर्चित छिन् ।

ती युवतीको नाम रेन्सेखहार्लु बड हाे उनकाे शरीरको उचाइँ ६ फुट ९ इन्च छ । त्यसमा उनको खुट्टाको लम्बाइ नै ५२.८ इन्च छ । कम्मर देखि पाइताला सम्मको खुट्टाको भाग यति लामो छ कि उनी संसारकै दोश्रो ठूलो खुट्टा भएकी महिला हुन् । संसारमा सबैभन्दा लामो खुट्टा भएको महिलाको पहिलो नम्बरमा चाहीँ अमेरिकाकी म्याकी कुरिन पर्दछिन् । उनको खुट्टाको लम्बाई ५३ इन्च छ ।

मंगोलियामा जन्मिएकी रेन अहिले अमेरिकाको शिकागोमा बस्दछिन् । उनलाई आफ्ना लम्बेतान खुट्टासँग ठूलो प्रेम छ । उनले आफ्ना खुट्टाको लम्बाइ दुनियालाई देखाउनकै लागि सधै स्कर्ट तथा शर्ट लगाउने गर्दछिन्। हुन त असामान्य लामा खुट्टाका कारण उनले दैनिक जिवनमा विभिन्न खालका कठिनाईहरु बेहोर्नु नपरेको होइन।

घर, क्लब, अफिस लगायतका कुनैपनि ठाउँमा छिर्नकै लागि समेत उनलाई गाह्रो हुन्छ । तर उनले ती कठीनाईलाई जिवनको अद्वितीय अनुभवको रुपमा स्विकारेकी छिन् । रेनको खुट्टा तथा पूरै सरीर नै अत्यन्तै लामो हुनुमा वंशाणुगत प्रभाव रहेको छ । उनका बुवाको उचाइँ ६ फिट १० इन्च छ भने आमाको उचाइँ ६ फिट १ इन्च छ ।

उनी सामाजिक संजालमा निकै संक्रिय रहेकी छिन् । उनले इन्स्टाग्राममा प्रायः आफ्ना नयाँ नयाँ तस्वीरहरु अपलोड गर्ने गर्दछिन् । उनले अग्ला युवतीहरुका लागि सुरुवालहरु उत्पादन गर्ने एक ब्राण्डका लागि मोडलिङ समेत गर्दछिन् । एजेन्सी।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय