नेपाली बजारमा भारतीय प्याज: ३ महिनामा २० करोड बढीको आयात

काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ को तीन महिनामा २० करोड बढी प्याज आयात भएको छ ।

चालु आवको असोज मसान्तसम्ममा नेपालमा २० करोड २० लाख १४ हजार रुपैयाँ बराबरको प्याज आयात भएको हो । भन्सार विभागका अनुसार छिमेकी दुई मुलुकसहित तीन देशबाट नेपालमा प्याज आयात भएको हो ।

चालु आवको असोज मसान्तसम्म ४ हजार ९७६ टन बढी प्याज नेपाल भित्रिएको विभागले जनाएको छ ।विभागका अनुसार नेपाली बजारमा भारतीय प्याजको बर्चस्व देखिएको छ ।

उक्त देशबाट चालु आवको तीन महिनामा १८ करोड ८४ लाख २ हजार रुपैयाँ बराबरको प्याज आयात भएको हो । भारतबाट ४ हजार ९३ टन प्याज आएको हो ।

यस्तै, उक्त अवधिमा चीनबाट १ करोड ३६ लाख १२ हजार रुपैयाँ बराबरको प्याज आयात भएको हो । उक्त देशबाट साढे ३६ हजार केजी प्याज नेपाल भित्रिएको हो ।

प्याज आयातबाट सरकारले १ करोड ८३ लाख २२ हजार रुपैयाँ राजश्व प्राप्त गरेको छ । नेपालमा प्याजको बीउ पनि आयात भएको छ ।

चालु आवको तीन महिनामा ६३ लाख बढीको प्याजको बीउ आयात भएको विभागले जनाएको छ ।

नेपालमा भारत, दक्षिण कोरिया, अर्जेटिना र चिले लगायतका देशहरुबाट ६३ लाख ९ हजार रुपैयाँ बराबरको प्याजको बीउ आयात भएको हो ।

यी देशहरुबाट २ हजार १२५ केजी प्याजको बीउ आयात हुँदा सरकारले ६३ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय