एक घण्टाभित्र २३ बर्गर खाएर युट्युबरले राखे विश्व किर्तिमान

काठमाडौं । बेलायतका एकजना युट्युबेले बर्गर हसुरेर गिनिज बुकमा नाम लेखाएका छन् ।

लण्डनका बासिन्दा ३४ वर्षीय म्याक्स स्टान्फोर्डले एक घण्टा भन्दा कम समयमा म्याक डोनाल्डका २३ वटा भेगान बर्गर बुत्याए ।२३ वटा बर्गर खाएको म्याक्स भर्सेस फूड शीर्षकको भिडियो उनले आफ्नो युट्युब च्यानलमा अपलोड गरेका छन् ।
उनले २५ वटा बर्गर खाएर १० हजार क्यालेरी उर्जा प्राप्त गर्ने लक्ष्य राखेको भएपनि २३ वटा मात्र खान सकेका थिए ।

स्टानफोर्डले किर्तिमानी सहित खाएका बर्गर म्याकडोनाल्डका पछिल्ला उत्पादन हुन् । पूर्णरुपमा वनस्पतीजन्य उत्पादनबाट बनाइएको उक्त बर्गरमा भेगान चिज र भेगान स्याण्डविच ससको प्रयोग गरिएको छ।

म्याकडोनाल्डले परीक्षणको रुपमा उक्त म्याक प्लान्ट नामक बर्गर उत्पादन सुरु गरेको हो ।स्नाडफोर्डले भनेका छन्, ‘यो नयाँ बर्गरका बारेमा धेरै चर्चा भयो । र, मैले पनि सधै नयाँ खानेकुराको स्वाद लिने प्रयास गर्दछु ।

आफुले सुरुमा २५ वटा बर्गर खाने लक्ष्य लिएको भएपनि २० औँ बर्गर खान सुरु गर्दाखेरी नै आफुलाई चुनौति कति कठीन छ भन्ने महसुस भैसकेको उनी बताउँछन् । ५९ मिनेट ४५ सेकेण्डमा उनले २३ वटा बर्गर खाएर सिध्याएका थिए ।-एजेन्सीको सहयोगमा

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय