मुसिकोटको बसेरिमा घर नजिकै रहेको गोठमा आगलागी, गोठ जलेर नष्ट 

विष्णुप्रसाद आचार्य मुसिकोट गुल्मी –गुल्मीको मुसिकोट नगरपालिका ७ वामी बसेरिको घर नजिकै रहेको एउटा गोठमा आगलागी हुदा पुर्ण क्षती भएको छ।

आगलागिले गोठमा रहेको खर, दाउरा,पराल,जस्ता पाता,काठ लगायतका सामाग्री नष्ट हुदा झण्डै २ लाख बराबरको क्षति भएको स्थानिय राम बहादुर रानाले बताउनुभयो ।

बुधबार रातको झण्डै ८ बजेतिर गोठमा लागेको आगो २ घण्टापछी नियन्त्रणमा आएको स्थानीयले बताएका छन ।

एक्कासि आगोको मुस्लो देखेर समयमै स्थानिय जुटेपछी आगो निभाउन सफल भएका छन ।

गोठ घरसङ्ग निकै नजिक रहेकोले स्थानियको सहयोगमा जोगाउन सफल भएको पिडित घरधनिको भनाइ छ । गोठमा आगो लागेर नष्ट भएपनि पशु चौपाया भने बचाउन सफल भएको पिडितले बताएका छन ।

गोठमा २ वटा बाख्रा,२ वटा पाडा;१० वटा कुखुरा रहेको र सबै सकुशल उद्दार गरेको परिवारले बताएको छ । पशु चौपायालाई नजिकै छाप्रो हाली व्यस्थापन गरिएको छ ।

घटनाको अनुगमन गर्न मुसिकोट न.पा वडा नम्बर ७ का वडाध्यक्ष प्रकाश काफ्ले र प्रहरी चौकी वामीका परमेश्वर चौधरी लगायतको टोलि घटनास्थल पुगेको थियो ।

घरधनीका अनुसार आफन्तमा सामान्य केही समय अगाडि झगडा भएको र केही समय पछि आगलागी भएकोले आफन्तबाटै आगलागी गराइएको हुनसक्ने अनुमान रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय