मुसिकोटमा एमालेको सर्वसहमतिबाट नेतृत्व चयन,प्रकाश काफ्लेको अध्यक्षतामा ६९ सदस्यीय कमिटी बन्यो

विष्णुप्रसाद आचार्य चकित मुसिकोट गुल्मी- राज्य सङ्घियतामा प्रवेश गरिसकेपछिको मुसिकोट नगरपालिकामा नेकपा एमालेले प्रथम औपचारिक नगर अधिवेशन मङ्गलबार सम्पन्न गरेको छ ।

यस अघि सहमतिको आधारमा नगरको नेतृत्वमा पदीय बाडफाड गरेपनि औपचारिक प्रथम नगर अधिवेशनबाट मङ्गलबार मात्र नगर कमिटी सर्वसहमतिमा चयन भएको हो । वामी स्थित रुद्रावती बहुमुखी क्याम्पसको प्राङ्गणमा भएको अधिवेशनले मङ्गलबार अबेर रातीसम्म गरिएको सहमतिको प्रयासले वडा नम्बर ७ का वडाध्यक्ष र नेकपा

एमालेको नगर कमिटी सचिव समेत रहनुभएका प्रकाश काफ्लेको अध्यक्षतामा सर्वसम्मत रुपमा नगर कमिटी चयन भएको एमालेले जनाएको छ ।

जसको उपाध्यक्षमा शिक्षक महासङ्घ मुसिकोटका पुर्व अध्यक्ष समेत रहनुभएका राम बहादुर थापा सर्वसम्मत रुपमा निर्वाचित हुनुभएको हो । त्यस्तै मुसिकोट ७ वामीका एमाले वडा कमिटी अध्यक्ष समेत रहेका गोपिकृष्ण खरेल नगर सचिवमा निर्वाचित हुनुभएको छ ।

त्यस्तै गङ्गा श्रेष्ठ र बोम छन्तेल उपसचिवमा निर्वाचित भएसङ्गै मुसिकोट एमाले नगर कमिटी ६९ सदस्यीय बनेको छ । पुरा कमिटी ७५ सदस्यीय हुनेछ जसमा बाकी ६ जना मनोनित हुनेछन ।

नेपाल सरकारका पुर्व परराष्ट्र मन्त्री तथा एमाले पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले अधिवेसनलाइ सम्बोधन गर्नुभएको थियो । कार्यक्रममा लुम्बिनी प्रदेश साम्सद खड्ग के सी र मुसिकोटका नगर प्रमुख तथा एमाले गुल्मी जिल्ला सचिव सोमनाथ सापकोटाको समेत प्रस्तुति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय