नव निर्वाचित एमाले वडाध्यक्ष लागूऔषधसहित प*क्राउ

एमालेबाट निर्वाचित वडाध्यक्ष लागूऔषधसहित प*क्राउ परेका छन् । सिरहा नगरपालिका(१८ का वडाध्यक्ष रामसोगारथ यादव लागूऔषधसहित प*क्राउ परेका छन् ।

सरकारी नम्बर प्लेट स १ ब९३८ नम्बरको मोटरसाइकलमा सवार यादव १५ वटा नाइट्रोभेटट्याब्लेटसहित प*क्राउ परेको जिल्ला प्रहरी कार्यलय सिरहाका प्रवक्ता सुवास बुढाथोकीले जानकारी दिनुभयो । उनी भारतबाट फर्कँदै गर्दा प्रहरीले माडर चोकबाट प*क्राउ गरेको हो ।

यादवमाथि थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । यादव नेकपा एमालेबाट निर्वाचित भएका थिए ।बालिका करणी गरेको अभियोगमा युवक प*क्राउ ?

जिल्ला प्रहरी कार्यालय उदयपुरले ६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवकलाई प*क्राउ गरेको छ । प*क्राउ पर्नेमा सप्तरी सप्तकोसी नगरपालिका–१ फत्तेपुर खोरिया टोल घर भई हाल त्रियुगा नगरपालिका–८ शाहीखोला बस्ने २० वर्षीय दिलु रोक्का रहेका छन् ।

रोक्काले बालिकालाई शनिबार साँझ जबरजस्ती करणी गरेको सूचनाको आधारमा प*क्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए ।

उनलाई प्रहरीले आइतबार बिहान प*क्राउ गरेर थप अनुसन्धान थालिएको जनाएको छ।- बागलुङ पोस्ट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय