तौल घटाउने चक्करमा धेरै प्रोटिन खानु हुनसक्छ घातक

जब हामी वजन कम गर्ने अभियानमा लाग्छौं, त्यसको लागि प्रोटिन पहिलो शर्त हो । जसलाई हामीले आफ्नो आहारमा समावेश गर्ने गर्छौं । प्रोटिन युक्त खानेकुराको उपभोगले हाम्रो पेट लामो समयसम्म भरी रहन्छ ।

प्रोटिनले मांसपेशीहरूको निर्माणमा मद्दत पनि गर्छ । गहिरो कसरतले सेल मर्मत र रिकभरीलाई बढावा दिन्छ । प्रोटिनलाई सूक्ष्म पोषक तत्व पनि मानिन्छ । तर यदि तपाईं बिनासोच त्यस्ता खानेकुरा उपभोग गर्न थाल्नुहुन्छ भने त्यो स्वास्थ्यको लागि हानिकारक हुन सक्छ ।

प्रोटिन किन महत्त्वपूर्ण छ ? प्रोटिन केवल हाम्रो तौल घटाउन र शरीर निर्माणका लागि लाभदायक छैन । यसले मान्छेको छाला र कपाललाई चमकदार बनाउने र हड्डीलाई बलियो बनाउन पनि सहयोग गर्छ ।

साँच्चै भन्नुपर्दा, प्रोटिन युक्त खाद्य पदार्थले मान्छेको शरीर निर्माणमा ब्लकको रूपमा काम गर्छ । त्यसैले सबैले प्रत्येक खानासँग प्रोटिनको न्यूनतम मात्रा लिनुपर्छ । धेरै मान्‍छेलाई सही मात्राको बारेमा थाहा छैन, जसले स्वास्थ्यमा साइड इफेक्ट गरिरहेको हुन्छ ।

कार्बोहाइड्रेड बिनाको प्रोटिन स्वास्थ्यका लागि खतरनाक छ

चिकित्सकहरू आजका युवा पुस्ता भ्रामक अत्यधिक मात्रामा प्रोटिनको उपभोगमा व्यस्त रहेकोप्रति चिन्ता व्यक्त गर्छन् । उनीहरूको भ्रमले मानसिक स्वास्थ्य, मुटु र श्वासप्रश्वास प्रणालीमा असर गर्न सक्ने चिकित्सकहरू बताउँछन् । मस्तिष्क, मांसपेशीहरू, शरीरको प्रतिरक्षा प्रणाली, मुटुको स्वास्थ्य आदिमा यसले नकारात्मक प्रभाव पार्छ ।

तपाईंको लागि कति प्रोटिन आवश्यक छ ? तपाईंको शरीरको एक किलो बराबर एक ग्राम प्रोटिन आवश्यक हुन्छ । यदि तपाईंले एक किलो बराबर एक ग्रामभन्दा धेरै प्रोटिन लिनुभयो भने त्यसको साथमा सोही अनुपातमा कार्बोहाइड्रेडको मात्रा मिलाउनु पर्छ । अन्यथा यो पोषक तत्व नै हाम्रो शरीरमा विष बन्न सक्ने चिकित्सकहरू बताउँछन् । कार्बोहाइड्रेट र बोसो बिना प्रोटिनको अत्यधिक खपत पनि हानिकारक छ।

निर्जलीकरण-प्रोटिनले हाम्रो मिर्गौलामा अत्यधिक मात्रामा नकारात्मक असर गर्न सक्छ । सन्तुलन नमिलाउँदा यसले सम्पूर्ण स्वास्थ्यमा असर पार्छ । साथै, यसको धेरै उपभोग गर्दा हाम्रो शरीरमा निर्जलीकरणको समस्या पनि देख्न सकिन्छ । यसकारण स्वास्थ्य विशेषज्ञहरू पर्याप्त पानी र खनिजका लागि तरकारी र फलहरूको उपभोग बढाउन सुझाव दिन्छन् ।

अवसाद महिलाहरु जो अधिक प्रोटीन र कम कार्बोहाइड्रेटको उपभोग गर्छन् । उनीहरूमा मानसिक समस्याहरु जस्तै अवसाद, चिन्ता, मुड स्विंग, नकारात्मक भावनाको विकास हुने जस्ता समस्या देखिन सक्छन् ।

तौल बढ्नु प्रोटिनको अत्यधिक मात्राले तपाईंको पेटको सन्तुलनमा अवरोध सिर्जना गर्न सक्छ । अनावश्यक तौल बढ्ने लगायतका समस्यामा यसले भूमिका खेल्छ । साथै, कार्बोहाइड्रेटबिना प्रोटिन उपभोग गर्दा सासको दुर्गन्ध हुन सक्छ । यो कारण हो कि विशेषज्ञहरु स्वस्थ पोषणका लागि प्रोटिनसँग कार्बोहाइड्रेटको पर्याप्त मात्रामा उपभोग गर्न सुझाव दिन्छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय