भिरबाट लडेर एक जनाको मृत्यु

बैतडी – भिरबाट लडेर बैतडीमा एक जनाको मृत्यु भएको छ । पाटन नगरपालिका–६ पैर्यौडा बस्ने ३८ बर्षीय दमनराम पहरीको भिरबाट लडेर ज्यान गएको हो ।

पहरीको शव स्थानीय गोइडा खोलामा मंगलबार बिहान फेला परेको इलाका प्रहरी कार्यालयका पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले बताए ।सोमबारदेखि नै घर नआएका पहरीको शव खोलामा डुबेको अवस्थामा फेला परेको हो ।

स्थानीयले खबर गरेपछि प्रहरी घटनास्थलमा पुगेको थियो । पहरीको टाउको चोट लागेकाले लडेर मृत्यु भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको प्रहरी निरीक्षक शाहीले बताए ।

उनको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ भने घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय