गुल्मी अस्पतालमा दक्ष जनशक्तिको अभावमा सेवाग्राहीले सास्ती खेप्दै

सूर्य सुनार – गुल्मी अस्पतालमा बिरामीको चाप बढदै जादाँ दक्ष जनशक्तिको अभावमा बिरामीले स्वास्थ्य परिक्षण गरेको रिपोर्ट समयमै पाउन सकेका छैन् ।

जसले गर्दा जिल्लाका दुरदराजबाट आउने सेवाग्राहीले सास्ती बोक्न बाध्य भएका छन् । बिहान ९ बजे देखी अस्पतालमा झन्डै तिन सय भन्दा बढी सेवाग्राहीहरु लाइन हुने गर्दछ ।उक्त लाइन वेलुका सम्म उस्तै हुने गर्दछ । जिल्लाका दुरदराजबाट आएका बिरामीहरु विहान आएर वेलुका घर फर्किने गरी आएका हुन्छन् ।

तर बिरामीहरुले भने स्वास्थ्य परिक्षण गरेको रिर्पोट समयमै नआउदाँ वेलुका घर फर्किने बिषयमा समस्या भएको बताउन्छन् ।बिहान आएर दिनभर लाइनमा बस्दाँ समेत ४ बजे सम्म अस्पतालले बिरामीको रिपोर्ट नदिदाँ सेवाग्राहीले गुनासो गरेका हुन् ।

अस्पताल प्रशासनले जिल्लाका दुरदराज बाट आउने बिरामीको मर्म नबुझेको हुदाँ सेवाग्राहीलाई सस्ती भोग्न परेको बताएका छन् ।अस्पतालमा सेवा लिन आएका सेवाग्राहीहरुले स्वास्थ्य परिक्षण गरेको रिपोर्ट समयमै नआउदाँ वेलुका घर फर्किन समस्या भएको गुनासो गरेका छन् ।

गुल्मी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गोपाल पाण्डेले दक्ष जनशक्तिको अभावले गर्दा सेवाग्राहीलाई समयमै सेवा दिन नसकिएको बताउनुभयो ।

पछिल्लो समय अस्पताल प्रति सेवाग्राहीको विश्वास बढ्नु, बिमा कार्यक्रमको सकारात्मक प्रभाव, र गुणस्तारिय सेवा प्रदान गरिएको हुदाँ पनि अस्पतालमा बिरामीको चाप बढेको बताउनुभयो ।

गुल्मी अस्पतालमा १० जना सिनियर दक्ष जनशक्ति हुनुपर्नेमा १ जना डाक्टर मात्र रहेको उहाँले बताउनुभयो । जनशक्तिको अभाव हुदाँ सेवाग्राहीलाई परेको समस्या न्यूनिकरण गर्न प्रदेश सरकार संग जनशक्तिको माग गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष पाण्डेले बताउनुभयो ।

अस्पतालमा बिरामी चाप बढिरहेको छ तर अस्पतालमा जनशक्तिको अभाव छ । सरकारको ध्यान जान नसक्नु र अस्पतालमा जनशक्ति परिपूर्ति गर्न जिल्लाका कुनै पनि सरोकारवाला निकायको ध्यान जान सकेको छैन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय