के तपाईलाई थाहा छैन? गाउँ किन यति एक्लो र देश किन यति अस्थिर बनेको छ भन्ने?

#के_तपाईलाई_थाहा_छैन? अव जान्नुहोस जान्नुपर्छ/बुझ्नुपर्छ।
• के तपाईलाई थाहा छैन? देश किन यस्तो अस्थिर बनेको??
• के तपाईलाई थाहा छैन?पढेलेखेको इमानदार छोरा छोरी घर गुजारा चलाउन परदेस किन गैराखेका छन भनेर??

• के तपाईलाई थाहा छैन?सातजुनि सङ्गै बिताउने बाचाकसम खाएको श्रीमान बिहेको सात दिन हुदा नहुदै किन अरव लाग्छ?
• के तपाईलाई थाहा छैन ? तपाईले यहाँ भैङ्कर नेता भएर हिडिरहदा परदेशमा कष्ट काटिरहेको दाइ बुवा वा छोराले पठाइएको आईफोन/ फोनलाई कति पसिना बगाए होलान्?

•के तपाईलाई थाहा छैन? तपाईको भर्खर १२-१४ बर्ष लागेको सन्तान किन कुलतमा फस्दैछ भनेर?

•के तपाईलाई थाहा छैन? हामी अझै किन जातको आधारमा पछाडी परिराखेका छौ भनेर?आफ्नो पहिचानको किन अझै चेतनाको स्तर वृद्धि भएन भनेर?
• के तपाईलाई थाहा छैन?भर्खर नर्सिङ सकाएकी तपाईकी देशप्रेमी छोरी किन बिदेश जान खोज्दैछिन भनेर?

• के तपाईलाई थाहा छैन?तपाईकी छोरी कतैबाट घर आई-नपुग्दा सम्म किन यति बिघ्न डर लाग्छ भनेर?
• के तपाईलाई थाहा छैन?सुरक्षा निकायमा जागिरे तपाईकी छोरी सङ्गठन भित्रै किन सुरक्षित महसुस गर्दिनन भनेर?

• के तपाईलाई थाहा छैन? देशको सेवा गर्न प्रहरी सङ्गठनमा जागिर लागेको छोरा किन पेसा छोडेर परदेश लाग्छु भन्दैछ?
• के तपाईलाई थाहा छैन?तपाईका बुहारिहरु नातिनातिनाको पढाईको लागि भनेर किन सहर पस्दैछन?

• के तपाईलाई थाहा छैन? जिन्दगी गाउँमै गुजारेकी आमा उपचारको लागि सहज हुन्छ भनेर सहर किन बस्न खोजिन?
• के तपाईलाई थाहा छैन? सहर पढन पसेको सन्तान किन सहर च्यापदैछ भनेर ?

• के तपाईलाई थाहा छैन?गाउमा बुवा आमा र आफ्नो जहान केटाकेटीको स्थिति कस्तो छ र संसार कहाँ पुग्यो भन्ने??
• अनि तपाईलाई लाज लाग्दैन? दाईले/छोराले वा कुनै आफन्तिले असिना पसिना गरेर परदेशबाट पठाइदिको फोन/आईफोन बाट देशमा भैङ्कर बिकास भयो,गाउँ सहर समृद्ध भए भन्ने पोस्ट गर्न?साच्चै लाज लाग्दैन?

• अनि तपाईलाई त्यो अरबमा रगत पसिना बेचेको छोराको/बाबुको दुख देखेर,गाउँ देशमा फलानो पार्टी जनमुखी फलानो बिकास भयो भन्दा जिब्रो लर्बराउदैन?अलिकति मुटु दुख्दैन?
• अनिकि आफुले परदेसमा कष्ट सङ्गै संसारको गति प्रत्यक्ष देखिरहदा आफ्ना सन्तान अझै धुलै माटै,बा-आमा सामाजिक सुरक्षा बिहिन,पत्नीको कष्टकर जीवन देख्दा देख्दै।फलानो फलानो पार्टि भैङकर ठिक भन्दै बिदेशबाट वकालत गर्दा अलि अलि चित्त दुख्दैन?हात काप्दैनन??

• अनि तपाईं पढेलेखेको बौद्धिक ब्याक्ती भनेर समाजले सम्मान गरिरहदा तपाईं सहि लाई सहि र गलत लाई गलत किन भन्न सक्नु भएको छैन?के तपाईलाई थाहा छैन महोदय?
• लगायत………..

• यदि तपाईलाई थाहा छैन,यो सबैको कारण भने म भन्छु राम्रो सङ्ग सुन्नुहोस,एकपटक नियालेर हेर्नुस्,दोहोराएर पढनुहोस।
हरेक कुरामा आलोचनात्मक कुरा गर्छ भन्ने

लाग्छ भने त्यो तपाईको सोचनिय क्षमता हो,स्वीकार गर्नुहोस।
र अब सुन्नुहोस,माथी उल्लेखनीय सम्पुर्ण कुराहरुमा कुनै केहि ब्यक्तिगत र पारिवारिक कारण हुन सक्लान् । त्यो बाहेक मुल कारण बर्तमान राजनीतिक दलहरुको कमाउ राजनीति,नेतृत्व हरुको ब्याक्तीवादी आफुमात्र बन्ने राजनिती हो।जसले गर्दा समाज बिगार्यो मनोबैज्ञानिक सोच

बिगार्यो,अपराधीक मानसिकताको बिकास भयो,युवाहरुको चिन्तनमा असर पुग्यो,बालबालिका हरुको मानसिकतामा असर पुग्यो,महङ्गी बढ्यो, गुजारा चलाउन नसक्ने स्थिती बन्यो र छोरी/श्रीमान परदेशी बन्यो,युवा पुस्तालाई व्यावसायिक र प्राबिधिक शिक्षा दिन सकेन कुलतमा फस्यो,सन्तानको शिक्षा र बुवा आमाको उपचार निशुल्क भएन र परिवार र सन्तान बिचको दुरि

बढ्यो।यस्तै यस्तै अशर पुर्यायो र समाजिक सस्कार बिगार्यो,हाम्रो चेतनाको स्तर अझै तल झर्यो।
त्य#सैले
• अब त बुझौं,सामान्य चासो राखौ,सन्तानको र आफ्नी जहानको बारेमा सोचौं,बा आमाले र बा आमाको बुढ्यौलिको बारेमा सोचौं,युवा पुस्ताले हाम्रा आफ्ना सपना किन मरिरहेका छन सोचौं?कति खाने हो अरवको घाम?कति सिक्नेहो जापानको सस्कार?कति तिर्नेहो युरोप अमेरिकामा कर?
• खुसिसाथ सामान्य जिवनयापन सहित आफ्न्नै प्राकृतिक सौन्दर्यताले भरिपुर्ण देशमा अर्गानिक खाना खाएर स्वस्थ र निरोगी भएर बाच्ने परिपाटीको लागि सोचौ न।

• पार्टीमै लागेपनी आलोचनात्मक चेत र सहि गलत छुट्टाछुट्टै हुन भन्ने सिकौ न,लौ न।
• यति भन्दापनी तपाईको पार्टी र नेता,आफ्नो धर्म भन्दा परिवार भन्दा आफ्नो बरदान पाएको जिन्दगी भन्दा प्राण प्रिय लाग्छ भने तपाईलाई स्वाहा बाहेक केही भन्न सकिदैन,स्वाहा!
• त्यसैले तपाईलाई देश बनेन खत्तम भयो भन्ने अधिकार छैन,छदैछैन,भन्न मनलाग्छ देश बनेन,हामी पछि पर्यौ जस्तो लाग्छ भने थोरै अडकल लगाउनुहोस।

सामाजिक चेतना,सकारात्मक सोच सहित सामाजिक अवस्था परिवर्तनको यात्रामा साझेदारी गरौं,समाजलाई उधमसिल बनाऔं,नागरिक चेतनसिल बनौं,राजनीतिलाई सेवामुखी बनाऔं।

खुसी नेपाली भएर बाच्ने आशा जिवित राखौं,सहिलाई सहि भनौ गलत लाई गलत भनौं।अशल सस्कारको बिकास गरौं।-बिपिन बिश्वास रायमाझी मुसिकोट गुल्मी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय