मुसिकोटमा मध्यराती विद्यालय तोडफोड

गोविन्द कंडेल, मुसिकोट गुल्मी । गुल्मीको मुसिकोट नगरपालिकामा गए राती एक विद्यालयमा तोडफोड भएको छ ।

नगरपालिकाकाे वडा नं. ५ तल्लाफाँटमा अवस्थित श्री शिव शंकर मा.वि.मा अज्ञात व्यक्तीको समुहले तोडफोड गरी चोरीको प्रयास गरेको वताइएको छ ।

अज्ञात व्यक्तीले विद्यालयको च्यानल गेट कार्यालयमा लगाइएको ताला फोडी कार्यालयमा रहेका २ वटा स्टिल दराजमा तोडफोड गर्नुका साथै रहेका कागजात लथालिंग पारिदिएको विद्यालयले जनाएको छ ।

कार्यालयमा नगद नरहेको र जिन्सी सामग्री चोरी नभएको विद्यालयका प्रधानाध्यापक वावुराम काफ्लेले वताउनु भयो । तोडफोडको खवर प्राप्त भए पश्चात तुरागं प्रहरी चौकी मजुवा र मुसिकोट नगरपालिकाले विद्यालयमा अनुगमन गरेको छ । नगरपालिका कार्यालयबाट अनुगमनमा जानु भएका प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसालले वडा नं. ५ मा यस्ता घटना दोहोरिएकोले गम्भिर अनुसन्धान गर्नुपर्ने वताउनु भयो ।

साथै उहाँले तोडफोडका कारण कमि हुने फर्निचर व्यवस्थापनका लागि नगरपालिकामा समन्वयकारी भुमिका निर्वाह गर्ने वताउनु भयो । स्मरणहोस गत असारमा वडा नं. ५ को कार्यालयमा समेत तोडफोड हुनुका साथै नगद चोरी भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय