बस दुर्घटनामा परि २१ जना घाईते

तुलसीपुर ७ कात्तिक । घोराही तुलसीपुर सडक खण्डमा बस दुर्घटना भएको छ ।

तुलसीपुर उपमहानगरपालिका ६ हात्तीखौवामा यात्रुवाहक बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । आज बेलुुका घोराहीदेखि तुलसीपुरतर्फ जाँदै गरेको रा ६ ख ७६३३ नम्बरको यात्रुवाहक बस दुर्घटनामा परेको हो ।

गाडीमा सवार २१ जना घाईते भएका छन भने एक जनाको ज्यान गएको प्रहरीले जनाएको छ ।ज्यान जानेमा घोराही उपमहानगरपालिका १० कटुकी बस्ने बर्ष २८ का प्रेम परियार रहेका छन् ।

घाईतेलाई उपचारको लागि तुलसीपुरको राप्ती प्रादेशिक अस्पतालमा लगिएको छ ।दुर्घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।

घोराही–तुलसिपुर जोड्ने फोरलेन सडक अस्तब्यस्त हुनुका साथै सडक भत्किएका कारण साघुरो हुँदा सामान्य ब्रेक लगाउदा सडक छेउमा पल्टिएर बस दुर्घटनामा परेको एसपि काफ्लेले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय