व्यवसायमा लगानी बढाउन भन्दै वैदेशिक रोजगारीमा रहेका नेपालीहरुद्वारा रानालाई सहयोग

विष्णुप्रसाद आचार्य चकित मुसिकोट गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर ७ वामी छुर्किन निवासी डिल बहादुर रानाले केही समय अगाडिदेखि सामान्य रुपमा किराना पसल गर्दै आउनुभएको छ ।

आर्थिक अवस्था कमजोर सङ्गै शारीरिक रुपमा पनि कमजोर अवस्था भएकोले उहाले अन्य बल प्रयोग हुने काम गर्न नसक्ने भएकोले मुसिकोट नगरपालिका वडा नम्बर ७ बेडिनेर सामान्य किराना पसल सन्चालन गर्दै आउनुभएको छ ।

आर्थिक र शारीरिक रुपमा कमजोर भएपनि आत्मबल भने निकै बलियो छ । उहाले मुसिकोटमै रहेको रुद्रावती बहुमुखी क्याम्पसबाट स्नातक तहको शिक्षा हासिल गरिसक्नुभएको छ ।

उहाले स्नातकोत्तर तहसम्मको अध्ययन गर्ने इच्छा त व्यक्त गर्नुभएको छ नै त्यो अलिक असम्भव जस्तो महसुस भएपछि ब्यापार गरेर आम्दानी गर्ने बाटो रोज्नुभएको छ ।

ब्यापार व्यवसाय गर्दा पनि लगानी आवश्यक पर्ने भएकोले उहाले स्थानीय समाजसेवी कृष्ण थापा ९जनक० सङ्ग थोरै भएपनी सहयोगको अपेक्षा गर्नुभयो र समाजसेवी थापाले वैदेशिक रोजगारिको क्रममा रहनुभएका आफ्नै छोरा वामी नमुना समाजका संरक्षक समेत रहनुभएका दिलिप थापालाइ अनुरोध गरेपश्चात जापानमा ऐच्छिक

रुपमा सहयोग संकलन गरि बत्तिस हजार नेपाली रुपैयाँ नेपाल पठाएपछि समाजसेवी कृष्ण थापा जनक र स्थानिय समाजसेवी नर बहादुर रायमाझीले उक्त बत्तिस हजार बराबरको चेक डिल बहादुर रानालाइ बुधबार हस्तान्तरण गर्नुभएको छ ।

उक्त बत्तिस हजार रुपैयाँ बिदेशबाट बाबुराम खरेल,पदम रायमाझी,दिलिप थापा,इन्द्र थापा,सुवास सापकोटा र पुष्कर खरालले जनही पाच हजारका दरले रकम उठाएर पठाउनुभएको कृष्ण थापाले जानकारी दिनुभयो ।

रकम बुझ्दै रानाले आफुले उच्च शिक्षा हासिलको लागि सहयोगको अपेक्षा गरेको भएपनि आफुलाइ अध्ययनको लागि धेरै कुराले साथ नदिने भन्दै सहयोगी मनलाइ अन्तर हृदयदेखि नै आभारका शब्द ब्यक्त गरेको र सहयोगी मनलाइ सधै सामाजिक सेवा भाव जागिरहोस भन्दै सहयोग रकम आफ्नो ब्यापार व्यवसाय व्यवस्थापनमा खर्चिने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय