गुल्मीमा खोलाले बगाएको जीप क्षतविक्षत अवस्थामा भेटियो

विष्णुप्रसाद आचार्य चकित गुल्मी-जिल्लाको सत्यवति गाउँपलिकाको खैरेनी रुद्रबेणी सडकखण्डमा खोलाले बगाएको जिप ८०० मिटरको दुरीमा भेटिएको खोजि कार्यमा संलग्न ज्ञानहरि सापकोटाले जानकारी दिनुभएको छ ।

जीप क्षतविक्षत अवस्थामा भेटिएको सापकोटाले बताउनुभयो। खोज्ने क्रममा बुधबार दिउसो करिब ४ बजेको समयमा भेटिएको बताइएको छ ।खोजि कार्यमा प्रहरी लगायत गुल्मी जीप व्यवसायी समितिका रुपकलाल श्रेष्ठसंगै अन्य सदस्यहरुको साथमा स्थानीय सरोकारवालाहरु,समाजसेवीहरुको उपस्थिति रहेको

माथिबाट आएको डहरे खोलाले उक्त जिप बगाएको हो । बुटवल देखी भुवाचिदीको लागि छुटेको लु १ ज ३४३२ नम्बर बालेरो जिप खोलाले बगाएको र खोजीको क्रममा भेटिएको इलाका प्रहरी कार्यालय जोहाङ्ग गुल्मीले जनाएको छ।

उक्त जिपमा चालक सहित ९ जना यात्रुहरु रहेका थिए । जिप खोला नजिक दलदलमा फसेको र यात्रु र चालक झरीसकेपछि माथिबाट आएको लेदो सहितको पानीले उक्त जिप बगाएको प्रहरीको भनाइ छ ।

जिपमा सवार सबै यात्रु सुरक्षीत रहेपनि उनिहरुको सबै समानहरु भने गाडिसंगै बगेको छ ।
यस अघिको वर्षाटको समयमा पनि उक्त खोलाले माल बाहक ट्रक बगाएको थियो

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय