बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या ८७ पुग्यो, २८ बेपत्ता हुँदा ३१ जना घाइते

काठमाडौँ- देशभर सोमबारयता बाढी र पहिरोमा परी ज्यान गुमाउनको संख्या ८७ पुगेको छ ।

नेपाल प्रहरीका प्रवक्ता वसन्त बहादुर कुँवरले बुधबार साँझ ६ बजेसम्मको तथ्यांक अनुसार बाढी पहिरोमा परी २८ जना बेपत्ता भइका छन् । यस्तै ३१ जना घाइते भएका छन् ।यसअघि बुधबारै गृह मन्त्रालयले ७७ जनाको मृत्यु भएको जानकारी दिएको थियो ।

२६ जना बेपत्ता भएक छन् । यस्तै २२ जना घाइते भएका छन् ।मन्त्रालयका अनुसार पहिरोमा परी पाँचथरमा मात्रै २४ जनाको मृत्यु हुँदा ६ जना घाइते भएका छन् । यस्तै इलमामा पहिरोमा परी १३ जनाको मृत्यु भएको छ भने २ ३ जना बेपत्ता छन् ।

यस्तै डोटीमा पहिरोमा परी १२ जनाको मृत्यु भएको छ भने ५ जना घाइते छन् । धनकुटामा ७, हुम्लामा ६, बैतडीमा ४ जनाको मृत्यु भएको छ ।

यस्तै पहिरो र बाढीमा परी बझाङ, सुनसरी र उदयपुरमा २-२ जना तथा कालीकोट, डडेलधुरा, प्युठान, सोलुखुम्बु र मोरङमा एकरएक जनाको मृत्यु भएको छ ।

बाढी र पहिरोमा परी पाँचथरमा ६, धनकुटा र डोटीमा ५-५, बैतडी र इलाममा २-२, कालीकोट र डडेलधुरामा एकरएक जना घाइते भएका छन् भने बझाङमा २१, इलाममा ३, प्युठानमा २ र जुम्लामा १ जना बेपत्ता भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय